क्षयरोगी खोजी अभियान: सिर्सियामा स्वास्थ्य शिविर सम्पन्न

वीरगंज २ जेठ । वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा आज क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा एआई प्रविधियुक्त एक्सरेमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ५० जना संभावित क्षयरोगका बिरामी देखिएकाले थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको […]
वीरगञ्ज–रक्सौल नाकामा अटो रिक्सा चालकलाई लागू औषध दुर्व्यसनविरुद्ध सचेतना

वीरगञ्ज, ३० वैशाखसशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा दैनिक रूपमा आवतजावत गर्ने अटो रिक्सा चालकहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागू औषधको दुष्प्रभाव, यसको सामाजिक असर तथा नियन्त्रणका उपायबारे विस्तृत […]
मोतिहारीमा ठूलो हवाला र्याकेट पक्राउ: ७० लाखभन्दा बढी नगद र ५० करोडको क्रिप्टो कारोबारको खुलासा

अमित कुमार, मोतिहारी, १८ वैशाख – भारतको मोतिहारी साइबर पुलिसले हवाला कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। भारत–नेपाल सीमावर्ती घोडासहन इलाकामा छापा मारेर पुलिसले ५६ लाख ७१ हजार भारतीय रुपैयाँ र १३ लाख ६७ हजार नेपाली रुपैयाँ नगद बरामद गरेको हो। साइबर डीएसपी अभिनव पारासरका अनुसार पक्राउ परेकाहरूले मल्टिपल एकाउन्टमार्फत सीमामा करेन्सी मगाउने र […]
छपकैया पोखरी जोगाउन अभियन्तासहित ४० जना सम्मानित

वीरगंज, १८ वैशाख । वीरगंज महानगरपालिका–२ मा रहेको ऐतिहासिक छपकैया पोखरीको संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्थानीय अभियन्ता जफरूल मियाँ (जफर) लगायतका अगुवाहरूलाई महानगरपालिकाले सम्मान गरेको छ। वर्षाैंदेखि भू–माफियाको अतिक्रमणको जोखिममा परेको करिब ४ बिघा क्षेत्रफलमा फैलिएको यस महŒवपूर्ण सार्वजनिक जलाशयलाई जोगाउँन जफर र उनको टोलीले निरन्तर कानुनी, सामाजिक तथा जनचेतनामूलक संघर्ष गर्दै आएका थिए। […]
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो। नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा […]
जेनजी सहिदको स्मृतिमा रास्वपा पर्साद्वारा वीरगन्जमा बृहत रक्तदान, ६० जनाभन्दा बढीद्वारा रक्तदान

वीरगन्ज, १९ वैशाख २०८३, शनिबार– जेनजी सहिदहरूको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगन्जको घण्टाघरस्थित क्लासिक ब्यान्क्वेटमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। आज बिहानदेखि सुरु भएको कार्यक्रममा हालसम्म ६० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन्। कार्यक्रममा रास्वपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय हरि पन्तको विशेष उपस्थिति रहेको थियो। साथै नेपाल रेडक्रस सोसाइटी […]
मौलापुरमा जानकी जयन्ती भव्य रूपमा मनाइयो, मेयर रीना कुमारी साहद्वारा विशेष पूजा

पताैरा, रौतहट, १२ वैशाख २०८३ – मौलापुर नगरपालिकाले जानकी जयन्तीको पावन अवसरमा बिहीबार विशेष समारोहको आयोजना गरेको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि नगरप्रमुख रीना कुमारी साहले विशेष पूजाआर्चना सहित जानकी जयन्ती मनाएकी हुन्। नगर कार्यपालिकाको कार्यालय, पताैरा परिसरमा आयोजित ‘जनकी जयन्ती समारोह’मा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो। नगरप्रमुख […]
वीरगंज महानगरपालिकामा शोक बिदा घोषणा

वीरगंज, ११ वैशाख । वीरगंज महानगरपालिकाले शुक्रवार शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विदा घोषणा गरिएको हो। मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उहाँ २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत हुनुहुनथ्यो। महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति […]
पर्सामा २२ थान अवैध इलेक्ट्रिक स्कुटर बरामद

पर्सा— सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। करिब रु. १७ लाख ३० हजार बराबर मूल्यका ती स्कुटर विभिन्न नाकाबाट भित्र्याउने क्रममा बरामद गरिएको हो। जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगंज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी […]
वीरगन्जका मदरसामा प्रहरीको छापामारी तीव्र, दर्ताबिनाको मदरसालाई कारबाहीको चेतावनी

वीरगन्ज, १० वैशाख – पर्सा प्रहरीले वीरगन्जका विभिन्न मदरसाहरूमा चेकजाँचलाई कडा बनाएको छ। पहिलो चरणमा मंगलबार वीरगन्जको छपकैया क्षेत्रमा रहेका चार वटा मदरसामा बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा दर्ता नभएको एक मदरसा फेला परेको छ। उक्त मदरसालाई यथाशीघ्र कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको […]