जेनजी सहिदको स्मृतिमा रास्वपा पर्साद्वारा वीरगन्जमा बृहत रक्तदान, ६० जनाभन्दा बढीद्वारा रक्तदान

वीरगन्ज, १९ वैशाख २०८३, शनिबार– जेनजी सहिदहरूको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगन्जको घण्टाघरस्थित क्लासिक ब्यान्क्वेटमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। आज बिहानदेखि सुरु भएको कार्यक्रममा हालसम्म ६० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन्।

कार्यक्रममा रास्वपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय हरि पन्तको विशेष उपस्थिति रहेको थियो। साथै नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेललगायत विभिन्न क्षेत्रका भद्र महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता देखिएको छ।

कार्यक्रम संयोजक मार्टिन मोक्तानले रक्तदानलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरिरहेका छन्। “सहिदहरूको सम्झनामा गरिएको यो मानवीय कार्यमा सबैको साथ पाउँदा खुसी छौं,” आयोजकले बताए।

रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म जारी रहने भएकाले आयोजकले अझ धेरैलाई सहभागी हुन आग्रह गरेको छ। सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरिएको यस कार्यक्रमलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ।

सम्बन्धित पोस्टहरुः