नेपालले भारतको सीमा मिचेको छैन– यादव

वीरगंज, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको कहिँ पनि सीमा नमिचेको बताएका छन् । वीरगंजमा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन ।’ आफू दुर्ई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नेपालले भारतको सीमा मिचेको विषयमा […]

नक्कली प्रहरी पक्राउः कर्तुत पर्दाफास

वीरगंज, २४ जेठ । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने एकजना ‘नटवरलाल’ मोतिहारी प्रहरीको फन्दामा परेका छन।मोतिहारी जिल्लाको सुगौली थाना क्षेत्रमा गोप्य सूचनाको आधारमा प्रहरीले त्वरित कारबाही गर्दै सम्भावित लुटको घटना समयमै विफल पारेको हो।सुगौली थानाध्यक्ष अनीश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले भटहां गाउँँमा छापा मारेर नितेश कुमार नामक आरोपीलाई पक्राउ गरेको हो। प्रहरीका […]

हरि खेतान बहुमुखी क्याम्पसमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगञ्ज, २२ जेठ- हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन तथा संस्थागत विकासका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय तथा सल्लाहकार जय प्रकाश खेतान लगायत पदाधिकारीहरूको […]

पर्सा प्रहरीमा विदाई र पदोन्नति कार्यक्रम: एसपी पाठकद्वारा दर्ज्यानी चिन्ह सुशोभन

वीरगञ्ज, पर्सा – जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार भावुक र सम्मानजनक कार्यक्रम आयोजना गरियो। मिति २०८३/०२/२० गतेदेखि अनिवार्य अवकास भई सेवा निवृत्त हुनुभएका प्रहरी नायब निरीक्षक नागिन्द्र पाण्डेलाई विदाई गरिएको छ भने इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी नायब निरीक्षक राजहरण प्रसाद यादवको एक तह पदोन्नति भएकोमा दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ। जिल्ला प्रहरी कार्यालय […]

स्मारिकामा प्रकाशित शुभकामना सन्देशको रकम भुक्तानीमा अध्यक्ष शर्माको आलटाल, पत्रकार मञ्चको असन्तुष्टि

वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो वार्षिक साधारणसभाको अवसरमा प्रकाशित स्मारिकामा शुभकामना सन्देश प्रकाशन गराएका जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले हालसम्म सम्बन्धित रकम भुक्तानी नगरेको भन्दै मञ्चले असन्तुष्टि जनाएको छ । मञ्चका अनुसार अध्यक्ष शर्माले स्मारिकामा शुभकामना सन्देश प्रकाशन गराएपछि पटक पटक आग्रह गर्दा समेत रकम भुक्तानीमा आलटाल गर्दै आएका […]

वीरगञ्ज-१५ भेडियाहीका सुकदेव साह तुरहामाथि ९ जनाको समूहको आक्रमणको आरोप

जाकिर हुसैन वीरगज – पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडियाहीमा पूर्व जग्गा विवादलाई लिएर एक जनामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको घटना सार्वजनिक भएको छ। स्थानीय सुकदेव साह तुरहाका अनुसार सोही गाउँका भिकारी साह सोनारको परिवारसहित करिब ९ जनाको समूहले उनलाई आक्रमण गरी घाइते बनाएको दाबी गरेका छन्। घटनामा सुकदेवको उपचार भइरहेको छ। […]

गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ, पूर्व मन्त्री यादवले गरे उद्घाटन

वीरगंज महानगरपालिका–२२ स्थित मनियारीमा आयोजित पवित्र गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथाको शुक्रबार एक विशेष समारोहबीच शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन पूर्व खानेपानी मन्त्री प्रदीप यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले मेरो पैतृक गाउँ मनियारीमा आयोजना गरिएको यस महायज्ञले समाजमा नैतिकता, अनुशासन, सद्भाव र मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। […]

कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन खुला : जेठ २७ सम्म आवेदन दिन सकिने

वीरगंज – वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले हरेक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो । महानगरपालिकाका […]

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा द्वारा उत्कृष्ट SEE विद्यार्थी सम्मानदेखि वृहत वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय

लालबाबु सिंह ५ जेष्ठ बिरगंज । शिक्षा,सामाजिक जिम्मेवारी तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साले अब विभिन्न महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानकी सभापति मुना खनालको अध्यक्षतामा मंगलबार साँझ सम्पन्न बैठकमा वीरगञ्ज महानगर क्षेत्रभित्र SEE परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने, […]

नेशनल प्याब्सन टी–२०ः लर्ड बुद्ध र एन्जल वल्र्ड विजयी

वीरगंज, ८ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौं दिनका म्याच नं. १० र ११ शुक्रवार आदर्शनगर खेल मैदानमा सम्पन्न भएका छन् । लर्ड बुद्ध मा. वि. विरूद्ध ओसिस मा. वि. टस जितेर लर्ड बुद्ध मा. वि.ले ब्याटिङ रोज्यो । पहिलो इनिङ्समा लर्ड बुद्धले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको […]