मौलापुरमा जानकी जयन्ती भव्य रूपमा मनाइयो, मेयर रीना कुमारी साहद्वारा विशेष पूजा

पताैरा, रौतहट, १२ वैशाख २०८३ – मौलापुर नगरपालिकाले जानकी जयन्तीको पावन अवसरमा बिहीबार विशेष समारोहको आयोजना गरेको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि नगरप्रमुख रीना कुमारी साहले विशेष पूजाआर्चना सहित जानकी जयन्ती मनाएकी हुन्।

नगर कार्यपालिकाको कार्यालय, पताैरा परिसरमा आयोजित ‘जनकी जयन्ती समारोह’मा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो।

नगरप्रमुख साहले प्रेम, त्याग, समर्पण एवं संघर्षकी प्रतिमूर्ति सीता माताको जयन्तीले समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय एवं सभ्य संस्कृति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

“मिथिलाकी छोरी जानकी हाम्रो पहिचान र गौरव हुन्। उहाँको आदर्शलाई आत्मसात गरेर मात्र हामी समतामूलक समाज बनाउन सक्छौं,” मेयर साहले भनिन्।

सहभागीहरूले नगरपालिकाको यो सराहनीय कार्यको प्रशंसा गर्दै संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए।

सम्बन्धित पोस्टहरुः