सशस्त्र प्रहरीका हवलदारको मृत्यु

गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् ।

मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक हवल्दार तिलक कडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कडेलको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैंसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्रका जवान दीपककुमारजङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ सामरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते छन् । उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

सम्बन्धित पोस्टहरुः