गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्री श्याम कुमार पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी चैत्र १३ गते शुक्रबार सायं ६ बजेदेखि मन्दिरको अगाडि क्षेत्रमा भव्य महाआरती सञ्चालन गर्ने निर्णय गरेको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धापूर्वक सम्पन्न गरिने यस पुण्य कार्यलाई व्यवस्थित गर्न कार्यसमिति सदस्य श्री मुकेश कुमार साहको संयोजकत्वमा एक विशेष उप-समिति समेत गठन गरिएको छ।
उक्त महत्वपूर्ण बैठकमा कार्यसमितिका अध्यक्ष श्री श्याम कुमार पोखरेल, उपाध्यक्ष श्री देवानन्द प्रसाद कलवार, सचिव श्री लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष श्री रविशंकर अग्रवाल तथा कार्यसमिति सदस्यहरू श्री दिना प्रसाद गुप्ता, श्री सिताराम प्रसाद उपाध्याय, श्री मुकेश प्रसाद साह, श्री अनुप कुमार अग्रवाल, श्री मनोज प्रसाद रोनियार, श्री श्याम प्रसाद गुप्ता र श्री दिपेन्द्र प्रसाद गुप्ताको पूर्ण सहभागिता रहेको थियो।
त्यसैगरी बैठकमा आमन्त्रित व्यक्तित्वहरू डा. पुरुषोत्तम दुबे, बसन्त कुमार गुप्ता, विरेन्द्र प्रसाद गुप्ता, अजय कुमार कर्ण,पियुष कुमार अग्रवाल, चन्द्रगुप्त कुमार साह तेली,विजय कुमार सर्राफ,ललित कुमार अग्रवाल, कन्हैया सर्राफ,ओशन कुमार गुप्ता,पवन कुमार वर्णवाल, शिव कुमार गुप्ता, राहुल कुमार रौनियार, बिभा साह, सिमा दुबे,पूजा वर्णवाल, रेणु गुप्ता र अनामिका गुप्ता लगायतको उपस्थितिमा राम नवमीका विभिन्न आध्यात्मिक पक्ष र मन्दिरको वृहत्तर विकासका बारेमा समेत रचनात्मक छलफल भएको छ।
समितिका सचिव लक्ष्मी नारायण गुप्ताले राम नवमीको यस पावन अवसरमा प्रति वर्ष झैँ आयोजना हुने महाआरतीमा सहभागी भई पुण्य कमाउन सम्पूर्ण वीरगन्जवासी तथा श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ।









