रक्सौल सीमा क्षेत्रमा एसटीएफ र प्रहरीको ठूलो कारबाही — रु १७.८ लाख नेपाली र १,३४,१५० भारतीय रुपैयाँसहित दुई जना पक्राउ

रक्सौल। भारत–नेपाल सीमामा रहेको रक्सौल बोर्डर पछिल्लो समय अवैध मनी एक्सचेन्ज र हवाला कारोबारविरुद्ध चलिरहेको ठूलो अभियानको केन्द्र बनेको छ। गोप्य सूचनाका आधारमा पटना एसटीएफ र रक्सौल थाना प्रहरीको संयुक्त टोलीले सब्जी बजार क्षेत्रमा छापा मारेर अवैध रूपमा नेपाली र भारतीय मुद्रा साटासाट गर्ने ठूलो गिरोहको पर्दाफास गरेको छ। यस छापामार कारबाहीमा प्रहरीले ठूलो परिमाणमा […]

ईभी दुर्घटना चालकसहित ८ जना घाइते

मकवानपुर, ६ जेठ । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरीखेत क्षेत्रमा बुधवार एक ईभी गाडी दुर्घटनामा पर्दा चालकसहित आठ जना घाइते भएका छन। प्रहरीका अनुसार वीरगंजबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको ईभी गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो। घटनावारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले […]

महालक्ष्मी विकास बैंकको ३२औ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम

वीरगंज, ६ जेठ । महालक्ष्मी विकास बैंकको ३२औ वार्षिकोत्सवको अवसरमा श्रीपुर शाखा मुर्लीको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ महिलासहित २२ जनाले रक्तदान गर्नु भएको छ । श्रीपुर शाखाका प्रमुख ललन साह कानुको अध्यक्षता एवं बैंकका निर्देशक श्याम सुन्दर रूंगटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्जु श्रेष्ठ, विवेक ठाकुर, सुरेश सापकोटा, सैफुल्ला देवान, […]

मोबाइल टावरमा झुन्डिएको अवस्थामा नेपालका युवकको शव फेला, अनुसन्धान सुरु

अरविंद कुमार, मोतिहारी — भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको घोडासहन थाना क्षेत्रमा ६० फिट अग्लो मोबाइल टावरबाट झुन्डिएको अवस्थामा एक नेपाली युवकको शव फेला परेको छ। मृतकको पहिचान घोडासहन बजारको वीरता चौकमा भाडाको घरमा बस्दै आएका हैदर मियाँको रूपमा भएको छ। उनी मूल रूपमा नेपालका बासिन्दा हुन् र मजदुरीका लागि केही वर्षदेखि परिवारसहित घोडासहनमा […]

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा द्वारा उत्कृष्ट SEE विद्यार्थी सम्मानदेखि वृहत वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय

लालबाबु सिंह ५ जेष्ठ बिरगंज । शिक्षा,सामाजिक जिम्मेवारी तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साले अब विभिन्न महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानकी सभापति मुना खनालको अध्यक्षतामा मंगलबार साँझ सम्पन्न बैठकमा वीरगञ्ज महानगर क्षेत्रभित्र SEE परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने, […]

वीरगन्जको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी: मोटरसाइकलमा आइसक्रिमदेखि माछासम्म

वीरगन्ज, ६ वैशाख २०८३ – वीरगन्ज महानगरपालिकाको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी भइरहेको तस्बिर सार्वजनिक भएको छ। छपकैया, भकुवा, शिक्षा अफिस, ड्राइपोर्ट, बलरामपुर क्षेत्र हुँदै सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ। मार्च २३, २०२६ मा मधेश प्रदेशमा खिचिएको तस्बिरमा मोटरसाइकल र साइकलमा ठूलो परिमाणमा झोला बाँधेर सामान ओसारिरहेको देखिन्छ। […]

प्याब्सन पर्साद्वारा योगदानकर्ता सम्मानित

वीरगंज, २९ चैत । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले लेगेसी अवार्ड २०८२ तथा नयाँ वर्ष २०८३ शुभकामना आदान–प्रदान कार्यक्रम होटल भिस्वामा सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालसम्म अतुलनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्याब्सन पर्साका संस्थापक सदस्य मनी कुमार लामा, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष लाल बाबू प्रसाद कुर्मी […]

स्मार्ट पुलिस अवधारणामा, पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत- जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न भएको छ।“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय निर्माण गरिएको उक्त भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो। […]

वीरगंज समाज सेवाद्वारा अस्पताल परिसरमा निशुल्क भोजन कार्यक्रम  सम्पन्न

वीरगंज २४ माघ । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार २२औं महिनाको चौथो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिवार सम्पन्न गरेको छ। पछिल्लो २ वर्षदेखि प्रत्येक शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू,यात्री बटुवाहरू लाई घरमा बनाएको जस्तो सफा […]

हैजा नियन्त्रणका लागि नेपाली सेनाका चिकित्सक खटिए

वीरगंज २२ भदौ । पर्सा जिल्लामा हाल देखापरेको हैजा रोगको संक्रमण नियन्त्रण र प्रभावित स्थानीयवासीको उपचारलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगंजस्थित श्री श्रीजंग गणबाट चार जना प्यारामेडिक चिकित्सकहरू खटिएका छन । नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. चुमनलाल दास र श्री श्रीजंग गण्का गणपति लोकेन्द्र कार्कीको भएको बैठकमा मेसु डा. दासको विशेष अनुरोध […]