मकवानपुर, ६ जेठ । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरीखेत क्षेत्रमा बुधवार एक ईभी गाडी दुर्घटनामा पर्दा चालकसहित आठ जना घाइते भएका छन।
प्रहरीका अनुसार वीरगंजबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको ईभी गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो। घटनावारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दुर्घटनामा गाडीमा सवार यात्रीहरू घाइते भएको बताए।
घाइते हुनेमा गाडी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रूम्बा रहेका छन। त्यसैगरी तनहुँ बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरूङ र उनकी श्रीमती २८ वर्षीया उषा गुरूङ पनि घाइते भएका छन।
यस्तै धनुषाको मुखियापट्टी मुशहरनियाँ गाउँँपालिका–४ निवासी ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यको सितामढीका ३४ वर्षीय सोनु रौनियार तथा उनकी श्रीमती २७ वर्षीया संगता रौनियार पनि दुर्घटनामा घाइते भएका छन।
प्रहरीका अनुसार घाइतेहरूको थप उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनाको कारणवारे अनुसन्धान भइरहेको जनाइएको छ।








