मानव अधिकार रक्षकहरूको अवस्था तथा सवाल र सरोकारवालाको भूमिका विषयक छलफल

बिरगंज । साथ साथ सिकाई संजाल पर्साले मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था तथा उनीहरूले भोगिरहेका चुनौती र सरोकारवालाहरूको भूमिकाबारे बिरगंजमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम COCAP को सहयोगमा सम्पन्न भएको हो। छलफलमा COCAP का अन्जु कंडेल, संरक्षण अधिकृत पबित्रा कार्की, नारायणी अस्पताल बिरगंज OCMC प्रमुख हेमा थापा, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, […]

प्याब्सन पर्साद्वारा योगदानकर्ता सम्मानित

वीरगंज, २९ चैत । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले लेगेसी अवार्ड २०८२ तथा नयाँ वर्ष २०८३ शुभकामना आदान–प्रदान कार्यक्रम होटल भिस्वामा सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालसम्म अतुलनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्याब्सन पर्साका संस्थापक सदस्य मनी कुमार लामा, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष लाल बाबू प्रसाद कुर्मी […]

सान्सद हरि पन्तको प्रमुख आतिथ्यमा वीरगञ्जमा एस.ई.ई. ब्याच–२०८२ को भव्य विदाइ कार्यक्रम सम्पन्न

वीरगञ्ज, २९ चैत वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित डायमण्ड पार्टी प्यालेसमा एस.ई.ई. ब्याच–२०८२ का विद्यार्थीहरूको भव्य विदाइ कार्यक्रम (Grand Adieu – Farewell Program) आइतबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कञ्चनजंघा स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हरि पन्तले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना […]

जनकपुरमा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौं प्रदेश सभा तथा निर्वाचन उद्घाटन एवं ‘समृद्ध मधेश’ पुस्तक विमोचन

जनकपुर, चैत २४ – नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको सातौं प्रदेश सभा तथा निर्वाचन २०८२ को उद्घाटन समारोह जनकपुरमा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन महासंघ मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी र मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण यादवलगायतले संयुक्त रूपमा गमलामा पानी हालेर गरेका थिए। उक्त कार्यक्रम महासंघ मधेश प्रदेशका अध्यक्ष […]

वीरगञ्जमा ‘जेन जी पर्सा’ गठन, महादेव प्रसाद कुर्मी संयोजक चयन

वीरगञ्ज २४ चैत – वीरगञ्जको आदर्शनगरस्थित आयोजित कार्यक्रममा ‘जेन जी पर्सा’ गठन गर्दै महादेव प्रसाद कुर्मीलाई संयोजक चयन गरिएको छ। मंगलबार आयोजित उक्त कार्यक्रममा करिब १०० जना जेन जी युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको जनाइएको छ। नवगठित समितिले युवाहरूको सशक्त सहभागिता र सामाजिक सक्रियता […]

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ, २४ चैतः जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो । उहाँले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र […]

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौँ, २४ चैतः ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय […]

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

वीरगंज, २३ चैत । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा आयोजना गरिएको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुर्ई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणका नियमन महाशाखा प्रमुख शाम्भा राज लामिछाने एवं सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीको उपस्थितिमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यालय प्रमुख […]

स्मार्ट पुलिस अवधारणामा, पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत- जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न भएको छ।“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय निर्माण गरिएको उक्त भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो। […]

सामुदायिक प्रहरी सेवा केन्द्रमा शुद्ध खानेपानी सुविधा विस्तार

बिरगंज- वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा शुद्ध खानेपानीको सुविधा विस्तार गरिएको छ। केन्द्रमा आउने सेवाग्राही, आम सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको सहजताका लागि १०० लिटर क्षमताको आरओ (RO) वाटर फिल्टर कूलर जडान गरिएको हो। उक्त उपकरण सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइको पहलमा Rungta Welfare Society का प्रतिनिधि सुरेश रुंगटाको पूर्ण […]