बिरगंज स्थित मितेरी पुल क्षेत्रमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भब्यरुपमा सम्पन्न

बिरगंज १९ चैत वीरगंज महानगरपालिका,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर,सशस्त्र प्रहरी बल नेपालको सन्युक्त आयोजनामा मितेरी पुल क्षेत्रमा बृहत् वृक्षरोपण, सरसफाइ तथा रोपिएका बिरुवाहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रकाश खेतान को अध्यक्षतामा सम्पन्न भएको हो। वातावरण संरक्षण र शहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा […]

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, ११ सदस्य मनोनयन

वीरगंज – वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो। आज आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभयाे । उक्त अवसरमा बोल्दै प्रमुख सिंहले समितिको पूर्णतासँगै महानगरको […]

‘पन्च परिवर्तन’ नै राष्ट्र निर्माणको आधार: वीरगन्जमा हिन्दू सम्मेलन सम्पन्न

वीरगन्ज १५ चैत – पन्च परिवर्तन राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ वीरगन्जमा हिन्दू सम्मेलन सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कमिटीको आयोजनामा शनिबार माइस्थान मन्दिरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नैतिक शिक्षाको अभावमा विकृति बढ्यो: डा. पुरुषोत्तम दुवे कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व ज्योतिष सम्राट डा. पुरुषोत्तम दुवेले विद्यालय स्तरबाट […]

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

काठमाडौँ, १४ चैतः गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्नुभयो । “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा […]

वीरगंजमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या’ सम्पन्न

वीरगंज, १३ चैत । श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा गहवामाई मन्दिर परिसरमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या–२०८२’ सम्पन्न भएको छ।   कार्यक्रमको उदघाटन ज्योतिष सम्राट डा. पुरूषोत्तम दुबेको नेतृत्वमा विद्वान ब्राह्मण टोलीद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । डा. दुबेको नेतृत्वमा पण्डित दिनेश तिवारी, पण्डित विद्याधर झा, पण्डित शत्रुघ्न वैष्णव र पण्डित विवेकजीले […]

मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ, १३ चैत : नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको […]

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

काठमाडौँ, १२ चैतः आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराउनुभएको थियो ।   सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिनुभएको हो । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरुमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले […]

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

वीरगंज । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौलो पूजा तथा अर्चना गर्नुभएको छ। परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा नगर प्रमुख सिंहले पूजा अर्चना गर्दै नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गर्नुभएको थियो। हरेक वर्ष […]

गहवामाइ निशान डोली यात्राको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

वीरगंज, ११ चैत ।  माइस्थान सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।    समितिले प्रत्येक वर्ष आयोजना गर्ने श्री गहवामाइ निशान सहितको डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा वीरगंज फ्रेन्डस राउन्ड टेबल–८ को सहयोगमा माइस्थान पार्कमा बुधवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ८ महिला सहित ६५ जनाले रक्तदान गरेका हुन । […]