मानव अधिकार रक्षकहरूको अवस्था तथा सवाल र सरोकारवालाको भूमिका विषयक छलफल

बिरगंज । साथ साथ सिकाई संजाल पर्साले मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था तथा उनीहरूले भोगिरहेका चुनौती र सरोकारवालाहरूको भूमिकाबारे बिरगंजमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम COCAP को सहयोगमा सम्पन्न भएको हो।
छलफलमा COCAP का अन्जु कंडेल, संरक्षण अधिकृत पबित्रा कार्की, नारायणी अस्पताल बिरगंज OCMC प्रमुख हेमा थापा, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, अधिकारकर्मीहरु ईन्दिरा दहाल,रमिता कुमारी कुश्वाहा,मानकी देवि पन्जियार,लिला विक,कंचन कोईराला ,किरण देवि गुप्ता ,शबनम खातुन,तेतरी देवि,रमिता देवि,संगीता दास,राजेश्वर राम,जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलका प्रतिनिधि, सञ्चारकर्मीहरु लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो।
सो अवसरमा साथ–साथ सिकाइ संजाल पर्सा का संयोजक एवं दलित महिला संघ पर्साका कार्यकारी निर्देशक निला रामले प्रस्तुतिकरण दिँदै मानव अधिकार रक्षकहरूले सामना गरिरहेका समस्याहरू, विशेषगरी महिला तथा किशोरीसँग सम्बन्धित हिंसा, विभेद र सुरक्षाका सवालहरूबारे प्रकाश पार्नुभयो।
सो कार्यक्रममा सहभागी महिलाहरूले मानवअधिकार रक्षकहरुले समाजमा पीडितहरुको आवाज उठाउदा पिडकहरुले धाकधम्की दिनुका साथै संबंधित निकायका र समाजले नै अवहेलना गरिरहेको जनाउदै सरकारले यश बिषयमा कडा कानुन बनाउन आग्रह गर्दै समाजमा पीडित महिला तथा किशोरीहरूको सुरक्षाका लागि सुरक्षित आवास (सेफ हाउस/सेफ होम) को अभाव प्रमुख चुनौतीको रूपमा रहेको बताउदै स्थानिय सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेकोमा चिन्ता पनि जाहेर गरेका थिए। उनीहरूले सबैभन्दा पहिले सुरक्षित आवासको व्यवस्थापन गरि हिंसापीडित महिला,किशोरी एवं बालबालिकालाई संरक्षण र पुनर्स्थापनामा सहजता प्रदान गर्न मन्तव्य राखेका थिए ।
साथै केही सन्चारकर्मीले हिंसा पीडित खासगरी जबर्जस्तिकरणी को घटनामा पिडितको पहिचानै उजागर गरि समाचार समप्रेषण गरेकोमा आपत्ति जनाउदै त्यसले पिडितको अधिकार हनन हुने र न्याय नपाउने र समाजमै अपहेलित हुने डर हुने हुदा त्यसतर्फ सम्बन्धित निकायले कारवाही को दायरा बढाउन धारणा राखे ।
त्यसैगरी सरोकारवालाबीच समन्वय, सचेतना अभिवृद्धि तथा प्रभावकारी नीति कार्यान्वयनमार्फत मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुदै मानव अधिकार रक्षकहरूको सुरक्षा, सशक्तीकरण र संस्थागत सहयोगका लागि थप टेवा पुग्ने एवं यस्तो कार्यक्रम लगातारको पहल आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित पोस्टहरुः