वीरगञ्ज-१५ भेडियाहीका सुकदेव साह तुरहामाथि ९ जनाको समूहको आक्रमणको आरोप

जाकिर हुसैन
वीरगज – पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडियाहीमा पूर्व जग्गा विवादलाई लिएर एक जनामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको घटना सार्वजनिक भएको छ।

स्थानीय सुकदेव साह तुरहाका अनुसार सोही गाउँका भिकारी साह सोनारको परिवारसहित करिब ९ जनाको समूहले उनलाई आक्रमण गरी घाइते बनाएको दाबी गरेका छन्। घटनामा सुकदेवको उपचार भइरहेको छ।

पीडित पक्षले दिएको जानकारीअनुसार आक्रमणको योजना मुख्य अभियुक्तहरूले बनाएको आरोप लगाइएको छ। आरोपितका रूपमा देव कुमार सर्राफ, ओमराज सर्राफ, धिरज सर्राफ, गोपाल साह सोनार, राज कुमार सर्राफ, सनोज कुमार सर्राफ र मनोज कुमार सर्राफको नाम उल्लेख गरिएको छ।

पीडितका आफन्तले “पूर्व जग्गा विवाद मिलाउन नसकेपछि उनीहरूले ज्यानै मार्ने गरी कुटपिट गरी फालेको” भन्दै प्रहरीमा जाहेरी दिने तयारी गरिरहेको बताएका छन्।

घटनाबारे बुझ्न खोज्दा आरोपित पक्षसँग सम्पर्क हुन सकेको छैन। उनीहरूले दिएको आरोपबारे उनीहरूको भनाइ लिन प्रयास भइरहेको छ। कानुनअनुसार कसैलाई दोषी प्रमाणित नभएसम्म निर्दोष मानिन्छ।

पर्साका प्रहरी प्रवक्ताले भने, “घटनाको जानकारी प्राप्त भएको छ। पीडितबाट जाहेरी प्राप्त भएपछि कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाउँछौं। संलग्न देखिएकामाथि कानुन बमोजिम कारबाही हुन्छ।”

भेडियाही क्षेत्रमा जग्गा विवादका कारण पटक-पटक तनाव हुने गरेको स्थानीय बताउँछन्। प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन र कानुनी बाटोबाटै विवाद समाधान गर्न आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः