वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो वार्षिक साधारणसभाको अवसरमा प्रकाशित स्मारिकामा शुभकामना सन्देश प्रकाशन गराएका जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले हालसम्म सम्बन्धित रकम भुक्तानी नगरेको भन्दै मञ्चले असन्तुष्टि जनाएको छ ।
मञ्चका अनुसार अध्यक्ष शर्माले स्मारिकामा शुभकामना सन्देश प्रकाशन गराएपछि पटक पटक आग्रह गर्दा समेत रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । मञ्चले शुरुदेखि नै जीतपुर सिमरा उद्योग वाणिज्य संघलाई सम्मान र सहकार्य गर्दै आएको भए पनि संघ नेतृत्वबाट अपेक्षित व्यवहार नदेखिएको गुनासो गरिएको छ ।
मञ्चसँग आबद्ध व्यक्तिहरूले पत्रकारिता क्षेत्रलाई सहयोग र प्रोत्साहन गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिबाट नै यस्तो व्यवहार हुनु दुःखद भएको बताएका छन् । उनीहरूले जीतपुर सिमरा उद्योग वाणिज्य संघजस्तो प्रतिष्ठित संस्थाका अध्यक्षको व्यवहारले संस्थाको गरिमा र विश्वसनीयतामाथि समेत प्रश्न उठ्न सक्ने टिप्पणी गरेका छन् ।
स्थानीय सञ्चार तथा सामाजिक क्षेत्रसँग सहकार्य गर्दै आएको संघका अध्यक्षबाट देखिएको यस्तो रवैयाले “संस्थाको मर्यादा बढाउँछ कि घटाउँछ ?” भन्ने विषय अहिले चर्चा र चासोको विषय बनेको मञ्चको भनाइ छ ।








