लालबाबु सिंह १६ जेष्ठ बिरगंज । श्री सत्य साईबाबाको सताब्दी जन्मोत्सव र पुरुषोत्तम मास को अवसर पारेर श्री सत्य साई सेवा केन्द्र बिरगंज पर्साले बिरगंजको गिता मन्दिर प्राङ्गणमा सार्वजनिक भजनको आयोजना गरि नारायण प्रसाद वितरण गरेको छ ।
सो प्रसादमा पुरी,मालपुवा,चनाको तरकारी , अपुङो लगायत प्रसाद श्रद्धालु भक्तजन एवं बाटोमा हिडिरहेका नारायणहरुलाइ खुवाइ सेवा गरिएको केन्द्रका पुर्वअध्यक्ष दुर्गा थापाले बताउनु भयो ।
सो अवसरमा अध्यक्ष शम्भु प्रसाद स्वर्णकार,उपाध्यक्ष रिमा गुप्ता,रन्जु पन्ती,मेनुका मोक्तान,सरिता जोशी,कृष्णा वर्मा,सुनिता चौरसिया,जननी मानन्धर,पुण्यशिल गौतम,जीवन चौरसिया,बलिराम पाण्डे ,कल्पना किङरिङ लगायत स्थानिय अग्रज,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष स्वर्णकारले साईबाबाको शताब्दी जन्मोत्सव को अवसरमा एक वर्षे विभिन्न कार्यक्रम गरि मनाउने क्रममा आज यहाँ भजन एवं प्रसाद वितरण गरियो र भोलि देखि प्रत्येक आइतबार बिहान ६ बजे देखि बिरगंज ३ प्रगतिनगरमा स्थित साईबाबा मन्दिरमा युवा मण्डली द्वारा भजन कार्यक्रम शुभारम्भ गरेका छौ साथै प्रत्येक सोमबार र बिहिबार साझ ५ बजे देखि साईबाबा मन्दिरमै नियमित रुपमा भजन कार्यक्रम आयोजन हुँदै आएकोमा सम्पुर्णलाई सहभागिताको लागि आग्रह गरेका थिए ।





