गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ, पूर्व मन्त्री यादवले गरे उद्घाटन

वीरगंज महानगरपालिका–२२ स्थित मनियारीमा आयोजित पवित्र गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथाको शुक्रबार एक विशेष समारोहबीच शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन पूर्व खानेपानी मन्त्री प्रदीप यादवले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले मेरो पैतृक गाउँ मनियारीमा आयोजना गरिएको यस महायज्ञले समाजमा नैतिकता, अनुशासन, सद्भाव र मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। यादवले यस्ता कार्यक्रमहरूले सामाजिक एकता सुदृढ बनाउन समेत सकारात्मक भूमिका खेल्ने उनको धारणा थियो।यज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै नयाँ पुस्तालाई संस्कार, संस्कृति र धार्मिक चेतनाप्रति प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमको सफल आयोजनाका लागि आयोजक समिति, सहयोगी तथा सम्पूर्ण स्थानीयवासीप्रति धन्यवाद ज्ञापन गर्दै यादवले महायज्ञ तथा प्रज्ञा पुराण कथाको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए।मनियारी समाजद्वारा आयोजित उक्त धार्मिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, धर्मप्रेमी तथा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः