कोहल्वीमा २ दिने अपाङ्गता समावेशीकरण खेल अभ्यास तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

वीरगञ्ज, ३ जेठ – समृद्ध समाजका लागि युवा सशक्तीकरण (Eyes Nepal) संस्थाको आयोजनामा बाराको कोहल्वीमा सञ्चालित दुई दिने अपाङ्गता समावेशीकरण, खेल अभ्यास तथा अन्तरक्रियात्मक कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कोहल्वी नगरपालिका र वडा नं. ९ को विशेष सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कोहल्वी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यता एवं कोहल्वी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष दल बहादुर चौधरीको सभापतित्वमा कार्यक्रम समापन भएको ‘Eyes Nepal’ का कोषाध्यक्ष रूपसिला जैसवालले जानकारी दिनुभयो।

चार विद्यालयका विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता
दुई दिनसम्म चलेको उक्त खेल अभ्यास तथा अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय ४ वटा विद्यालयहरू:

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मुशहर्वा

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, श्रीपुर

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, खग्दे पडरी

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, अरेम्वा बिर्ता

का १६ जना विद्यार्थी र २० जना अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

शिक्षा र खेलकुदको माध्यमबाट व्यक्तित्व विकासमा जोड
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर प्रमुख राम प्रसाद चौधरीले अपाङ्गता भएर समाजमा ओझेलमा परेका वा हासिएमा रहेका बालबालिका तथा व्यक्तिहरू समाजका गहना भएको बताउनुभयो। उनीहरूको व्यक्तित्व विकासका लागि शिक्षा र खेलकुदको माध्यमबाट सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिँदै नगर प्रमुख चौधरीले यस कार्यका लागि नगरपालिकाको तर्फबाट सधैँ सक्रिय सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

भव्य स्वागत तथा सहजीकरण
यसअघि कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाका कोषाध्यक्ष रूपशिला जैसवालले खादा ओढाएर स्वागत गर्नुभएको थियो भने स्वागत मन्तव्य ‘Eyes Nepal’ का सचिव उदित कुमार साहले राख्नुभएको थियो। कार्यक्रमको पूर्ण सहजीकरण र सञ्चालन भने ‘Eyes Nepal’ का अध्यक्ष महेश साहले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरुः