पर्सामा २२ थान अवैध इलेक्ट्रिक स्कुटर बरामद

पर्सा— सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। करिब रु. १७ लाख ३० हजार बराबर मूल्यका ती स्कुटर विभिन्न नाकाबाट भित्र्याउने क्रममा बरामद गरिएको हो।

जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगंज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा नाकाबाट १ थान गरी कुल २२ थान स्कुटर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती स्कुटरहरू अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गर्दा चालक तथा संलग्न व्यक्ति भाग्न सफल भएका थिए। बरामद गरिएका स्कुटरहरू सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी स.प्र.ना.उ. मोहन राज निरौलाले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः