वीरगंज महानगरपालिकामा शोक बिदा घोषणा

वीरगंज, ११ वैशाख ।   वीरगंज महानगरपालिकाले शुक्रवार शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विदा घोषणा गरिएको हो। मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उहाँ २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत हुनुहुनथ्यो। महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति […]

पर्सामा २२ थान अवैध इलेक्ट्रिक स्कुटर बरामद

पर्सा— सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। करिब रु. १७ लाख ३० हजार बराबर मूल्यका ती स्कुटर विभिन्न नाकाबाट भित्र्याउने क्रममा बरामद गरिएको हो। जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगंज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी […]