प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा विश्व वातावरण दिवसको मुख्य दिन वृक्षारोपण एवं सरसफाइ गरि मनायो

वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योती स्कुल को सहकार्यमा वातावरण दिवस २०८३ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाचौ एवं मुख्य दिन बिहिबार वीरगन्ज १५ भिस्वा डाडा प्राङ्गणमा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम आयोजन सभ्य एवं भव्य रुपमा सुसम्पन्न गरेको छ ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी पर्सा प्रमुख प्रनी युवराज कटुवाल, समाजसेवीहरु अधिवक्ता प्रकाश कुमार उपाध्याय , भगवान श्रेष्ठ ,जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, एशियन लाइफ इन्स्योरेन्स बिरगंज शाखा प्रमुख सोनालाल सहनी ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,भिस्वा गुम्बाका सुन्दर श्रेष्ठ ,युवा अभियन्ता दिलिप कार्की , भिस्वा प्रहरी पोस्ट प्रमुख प्रसनी आर पि सिंह, प्रतिष्ठानका सदस्य भोला प्रसाद , केदार गुप्ता , रिम खबर नेपालका संचालक आकाश पटेल लगायत विद्यालयका शिक्षक दिपा थापा र विद्यार्थीहरु को बाक्लो सहभागितामा रहेको थियो ।
सो कार्यक्रमको अध्यक्ष सिंह र स्कुलका विद्यार्थी भाइबहिनीहरु संग सहभागीहरुले सन्युक्त रुपमा रुखबिरुवा रोपेर शुभारम्भ गरेका हुन । सो अवसरमा निम,बेल, अमला,गोल्डमोहर, अम्बा जकरन्डा,रजनिगन्धा,बेलि लगायत २५ थान रुखबिरुवा रोपिएको प्रतिष्ठानका सहसचिव अबिनाश झाले बताए ।
सो अवसरमा प्रनी कटुवालले बिरगंज बाट मात्र २० किलोमिटर को दुरि मा रहेको पथ्लैयामा जहिले पनि पानी परिरहेको र त्यही समय बिरगंजमा पानी नपर्ने वा न्यून पानी परेको जसले अत्यधिक गर्मी एवं सुख्खा हुने तपाई हामी सबैले देखेकै हो जस्को मुख्य कारण त्यहा रहेको घना जङ्गल नै रहेको सम्झाउदै बातावरण ले हामीलाइ स्वस्थ रहन हावा पानी ,अन्न फलफुल , बनस्पति , जडिबुटी लगायतका जिवनदायिनी सामाग्रीहरु निःशुल्क उपलब्ध गराएर हामिमाथि भुल्नै नसकिने उपकार गरेकोमा यसको मान सम्मान सेवा, संरक्षण एवं सम्बर्द्धन गर्नु हाम्रो दायित्व रहेकोमा जोड दिदैं विद्यार्थी भाइबहिनिहरु देश अब तपाइहरुले नै चलाउने बनाउने हुदा जिवनदायिनी वातावरणलाइ सम्मान गर्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना दिदैं प्रकृति सेवा प्रतिष्ठान र स्कुल परिवारलाइ आभार एवं सम्पुर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
सो अवसरमा उपाध्यायले बिगत को केही वर्ष देखि बिरगंजमा पानीको हाहाकार मचेको मुख्य कारण वातावरण खल्बलिएको नै हो भन्दै हामिसबैले रुख रोपौ ,आफ्नो आसपास नदि पोखरी सफा स्वच्छ बनाउन आग्रह गरे ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो सफा र स्वस्थ वीरगन्ज,प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगन्ज ,” धरती लाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि प्रतिष्ठानले प्रत्येक वर्ष झै यश वर्ष पनि विश्व वातावरण दिवसको पुर्वसन्ध्यामा गत जेष्ठ १८ गते देखि २० गते सम्म ३ दिन सरसफाइ र चौथो दिन २० गते बुधबार साइकल रैली आयोजना गरि जनचेतना फैलाउने कार्यक्रम गरिएको थियो भने आज मुख्य दिन विभिन्न प्रजातिका २५ थान रुख बिरुवा रोपि वातावरण जोगाउने प्रण लिएका छौ । वातावरण दिवसको अवसरमा ५ दिने कार्यक्रम लगायत मात्र नभै विभिन्न समय भिन्न स्थानहरुमा भिन्न कार्यक्रमको आयोजना गरि वर्ष भरिनै वृक्षारोपण र त्यसको संरक्षण सम्बर्द्धन को साथै विभिन्न सचेतना कार्यक्रमहरुको आयोजना गरि जनजागृती फैलाएर वातावरणको सेवा सम्मान एवं संरक्षण गर्ने गरेको बताउदै सिंहले सहभागी अतिथिहरु ,सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक , शिक्षक ,बिद्यार्थी भाइबहिनीहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति आभार ब्यक्त गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानले सप्ताहव्यापी कार्यक्रमलाई प्रत्यक्ष एवं सकृयताका साथ दियेर सफल बनाउने स्कुलका शिक्षक एवं छात्रछात्राहरुलाइ प्रमाणपत्र प्रदान गरि सम्मान गरेको थियो ।

सम्बन्धित पोस्टहरुः