बिरगंज मेनरोड क्षेत्रमा सरकारी कारबाहीपछि स्थानीयद्वारा विरोधस्वरूप मोटरसाइकल जुलुस प्रदर्शन

लालबाबु सिंह जेष्ठ १६ । बिरगंज मेनरोडमा सरकारी कारवाहीको विरोधमा स्थानियहरु शनिबार मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन्। जुलुसमा प्रभावित परिवार तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
संघर्ष समितिका संयोजक एवं बिरगंज वडा ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्वमा स्थानीयवासीहरू मोटरसाइकल जुलुसका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा ” हाम्रो घर सुरक्षित गर” “एतिहासिक नगरी बिरगंज बचाउ “,” डोजर आतंक बन्द गर” , ” मेनरोडलाइ सहरी मार्ग घोषणा गर ” , “सुकुम्बासी बनाउन पाइदैन ” ,“ सर्बोच्च अदालत न्याय गर ”, “मानवताको सम्मान गर” जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।

सम्बन्धित पोस्टहरुः