वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान

वीरगंज, ११ चैत । नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार तथा शाखाका पूर्व अध्यक्ष ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरेको छ। पत्रकारितामा व्यावसायिकता, विश्वसनीयता तथा संस्थागत सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ। दीर्घकालदेखि सक्रिय पत्रकारितामार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आएका गौतमलाई उनको निवासमै पुगेर […]
भारत–नेपाल सीमा सुरक्षाबारे संयुक्त फिल्ड सर्वे टोलीको बैठक

रक्सौल, १० चैत । इन्डो–नेपाल संयुक्त फिल्ड सर्वे टोलीको पहिलो बैठक आज रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) मुख्यालयको कन्फरेन्स हलमा सम्पन्न भएको छ। सीमावर्ती जिल्लाका उच्च प्रशासनिक तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा सम्पन्न यो बैठकलाई सीमा व्यवस्थापनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। सीमा सुरक्षा तथा आपसी समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले भारत–नेपालबीच महŒवपूर्ण पहलस्वरूप सम्पन्न बैठकमा भारतीय […]
नयाँ वर्षको अवसरमा वीरगंजमा भव्य श्रीराम कथा आयोजना हुने

वीरगंज, १० चैत्र । वीरगंजस्थित पंचमुखी हनुमान मन्दिर, कुम्हालटोलमा आगामी बैशाख महिनामा भव्य रूपमा श्रीराम कथा आयोजना हुने भएको छ। आयोजनामा समितिका संयोजक गौरी प्रसाद गुप्ता संयोजनमा कार्यक्रम सञ्चालन हुनेछ भने स्वामी राजीव रंजन भारद्वाजको सानिध्य रहने जनाइएको छ। छलफल कार्यक्रममा स्थानीय समाजसेवी, युवा र अन्य सक्रिय व्यक्तिहरूको सहभागीता रहेको थियो। समितिका सदस्यहरूले कार्यक्रम सफल […]
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज, १० चैतः पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा […]
पर्साका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई वीउवासंघद्वारा सम्मान

वीरगंज, ९ चैत । वीरगंज उद्योग वाणिज्य संघले पर्सा जिल्लाबाट नवनिर्वाचित चारजना प्रतिनिधिसभा सदस्यहरूलाई सोमवार एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । पर्सा निर्वाचन क्षेत्र– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू हरि पन्त, क्षेत्र नं. २ बाट निर्वाचित सुशील कुमार कानु, क्षेत्र नं. ३ बाट निर्वाचित रामाकान्त चौरसिया र क्षेत्र नं. ४ बाट […]
कृषि औजार कारखानाका लागि सहयोग अभियान: वीरगञ्जमा डा. महावीर पुनद्वारा आत्मकथा बिक्री

वीरगञ्ज ०९ चैत ।म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महावीर पुन ले वीरगञ्जमा आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। निर्वाचनपछि पहिलोपटक वीरगञ्ज आएका पुनले सोमबार घन्टाघर चोकमा पुस्तक बिक्री गरेका हुन्। पुस्तक बिक्री कार्यक्रमप्रति स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। सो क्रममा उनले रामजनम तिवारी को सालिक परिसरमा समेत पुस्तक बिक्री गरेका थिए। त्यसपछि कृषि […]
वीरगंजमा डा. महावीर पुनको पुस्तक बिक्री कार्यक्रम, सहयोगका लागि आहवान

वीरगंज, ८ चैत । डा. महावीर पुनको पुस्तक बिक्री कार्यक्रम चैत ९ गते बिहान ८ बजे देखि ११ बजे सम्म वीरगंजको घण्टाघरमा आयोजना गरिने भएको छ। वीरगंजस्थित कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउन सहयोग जुटाउने लक्ष्य अनुरुप उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । वीरगंजका सामाजिक अभियन्ता रणधीर वर्णवालले फेसबुक पोस्टमार्फत सम्पूर्ण इच्छुक महानुभावहरूलाई कार्यक्रममा उपस्थित […]
पर्सा–१ का प्रतिनिधिसभा सदस्य पन्तद्वारा निर्वाचन खर्च सार्वजनिक

वीरगंज, ८ चैत । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन । उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि)को तर्फबाट निर्वाचन प्रतिनिधि महमद मसुदिन आलमले जिल्ला निर्वाचन कार्यालय पर्सामा १० लाख २२ हजार ७ सय रुपियाँ बराबरको खर्च विवरण पेस गरेका हुन्। २०८२ चैत ८ गते दर्ता गरिएको […]
३ बुँदे निर्णयपछि हरि खेतान क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगीत

वीरगंज, ८ चैत । परीक्षाबाट वञ्चित गराएको भन्दै हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूको प्रदर्शनपछि अशान्त बन्न पुगेको वीरगंज आइतवार साँझ तीन बुँदे निर्णयपछि टुंगिएको छ । क्याम्पस व्यवस्थापन पक्ष र शिक्षकहरूबीचको आपसी द्वन्द्वको चेपुवामा परेर परीक्षाबाट वञ्चित भएका विद्यार्थीहरूले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय, पर्सामा आइतवार साँझ बसको सरोकारवालाहरू सहभागी बैठकले तीन बुँदे निर्णय गरेको […]
उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन

उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाइ ज्ञापन गरेको हो।चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर […]