ग्रिनसिटी सामुदायिकद्वारा एसपी मिश्रको बिदाइ कार्यक्रम

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको सरूवा भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेको छ। केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्दै मिश्रले आफ्नो कार्यकालमा गरेका सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी […]

पर्सा जिल्लाको सखुवाप्रसौनीका भूमिहीनलाई लालपुर्जा वितरण

वीरगंज ४ असोज । पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले लालपूर्जा (जग्गाधनी पुर्जा) प्राप्त गर्न थालेका छन् । भूमि समस्या समाधान आयोग, पर्साले शनिवार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलबाट लालपूर्जा वितरणको औपचारिक शुरूवात गरेको हो । आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरे । […]

दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा २५औ पटक खुल्ला रक्तदान कार्यक्रम

३ महिलासहित १०५ जनाले गरे रक्तदान वीरगंज ४ असोज । दुर्गापुजा सेवा समिति रानीघाटले शनिवार २५औ पटक खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । रानीघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेको दुर्गा पूजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतले जानकारी गराएका छन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज […]

महानगरपालिकाको बजेट पुन:निर्माणतर्फ संशोधन, असहाब आलम परिवारलाई ५ लाख सहयोग

वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट […]

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर, ३ असोजः मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका […]

संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका […]

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा, ३ असोज : संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पार्नुभएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गर्नुभएको हो । सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी […]

मधेस प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

धनुषा, ३ असोजः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गर्नुभएको छ । सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले राससलाई जानकारी दिनुभयो । मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि […]

सशस्त्र प्रहरीले भन्सार छलीको सामान समात्यो

वीरगंज, ३ असोज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले वीरगंज महानगरपालिका–१६, गण्डक इलाकाबाट ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरेको हो । […]

अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ। बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो। जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको […]