वीरगन्जको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी: मोटरसाइकलमा आइसक्रिमदेखि माछासम्म

वीरगन्ज, ६ वैशाख २०८३ – वीरगन्ज महानगरपालिकाको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी भइरहेको तस्बिर सार्वजनिक भएको छ। छपकैया, भकुवा, शिक्षा अफिस, ड्राइपोर्ट, बलरामपुर क्षेत्र हुँदै सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ। मार्च २३, २०२६ मा मधेश प्रदेशमा खिचिएको तस्बिरमा मोटरसाइकल र साइकलमा ठूलो परिमाणमा झोला बाँधेर सामान ओसारिरहेको देखिन्छ। […]

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

वीरगंज, २३ चैत । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा आयोजना गरिएको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुर्ई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणका नियमन महाशाखा प्रमुख शाम्भा राज लामिछाने एवं सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीको उपस्थितिमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यालय प्रमुख […]

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ, १२ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा […]

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक […]

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए । ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने […]

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

जापान, २० भदौ : एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो । “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर […]

इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

काठमाडौँ, २० भदौ : नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् । वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि […]

जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना

वीरगंज, १९ भदौ – मधेश प्रदेशको राजधानी जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना भएको छ। सरकारले २०७७ सालमै कार्यालय वीरगंजमै रहने निर्णय गरेको भए पनि अस्थायी रूपमा जनकपुरबाट सञ्चालन हुँदै आएको थियो। अब वीरगंजस्थित अन्तरप्रहरी कार्यालयको भवनबाट विधिवत रूपमा प्रहरी प्रदेश कार्यालयले काम प्रारम्भ गरेको हो। कार्यालयका प्रमुख वरिष्ठ प्रहरी […]

मानव बेचबिखन नियन्त्रणमा पर्सा अगाडि, एसपी मिश्र सम्मानित

वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास […]

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट :अध्यक्ष यादव

मलङ्गवा (सर्लाही), १९ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, […]