मधेसी अधिकार र सुशासनको एजेन्डासहित घरदैलोमा रामनरेश यादव

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका का विभिन्न टोलमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव ले घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत कुमार टोल, गणेशमान चोक, अमर चोक लगायतका क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार यादवप्रति उल्लेख्य जनसमर्थन देखिएको छ। घरदैलोका क्रममा […]

रास्वपाको नेतृत्वमा सरकार बने पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने सुशील कानुको प्रतिबद्धता

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिवार वीरगञ्ज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् । घरदैलोका क्रममा उनले मतदातासँग भेट गर्दै कुशासन र भ्रष्टाचार अन्त्य गर्न तथा परिवर्तन ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे […]

हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

वीरगञ्ज, फागुन १६  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा उम्मेदवार पन्तले मतदातासमक्ष आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि जनाए। महेश यादवको सभापतित्वमा सम्पन्न उक्त […]

वीरगञ्ज – ३० मा प्रदीप यादवको भव्य घरदैलो सम्पन्न, राष्ट्रिय अस्मिता जोगाउन सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह

वीरगञ्ज, १६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा तीव्र घरदैलो अभियान जारी राखेका छन् ।घरदैलोअन्तर्गत वीरगञ्ज महानगरपालिका – ३० को लालपर्सा र प्रसोतीपुर क्षेत्रमा शनिवार बिहान घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा सयौँको सहभागितामा स्थानीय मतदाताहरूले यादवलाई फूलमाला […]

आचार्य एकेडेमीमा होली मिलन समारोह सम्पन्न

बीरगञ्ज, फागुन १५  ।  बीरगञ्ज महानगरपालिका–३, प्रगतिनगरस्थित आचार्य एकेडेमीमा मिति २०८२ साल फागुन १५ गते शुक्रबारका दिन हर्षोल्लासका साथ होली मिलन समारो सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रंग अबिर साटासाट गर्दै एक–आपसमा शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन विद्यालय प्रशासनद्वारा गरिएको थियो। […]

आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२ वटा हानिकारक सूचना पत्ता लगाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने […]

निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल

वीरगञ्ज, १५ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । पर्सा र बारा जिल्लामा ‘निर्वाचनको सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताउनुभयो । “प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा आवश्यक छलफल गरेका […]

खुकुरी प्रहार गरी युवकको हत्या

जनकपुर। मधेश प्रदेशको धनुषा जिल्लामा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। जिल्लाको औरही गाउँपालिका–६ मा बिहीबार अपराह्न भएको घटनामा हंसपुर नगरपालिका–९ का सुमित मन्डल हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानबाट मृतकको एक युवतीसँग […]

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो

लन्डन, १४ फागुन –सन् २०२५ मा बेलायतमा शरण दावी गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । यद्यपि, शरणार्थी बोकी बेलायत प्रवेश गर्ने साना डुङ्गाको आगमनमा भने १३ प्रतिशतले वृद्धि भएको देखिन्छ। गृह मन्त्रालयको तथ्याङ्कले गत वर्ष बेलायतमा एक लाख ६२५ जनाले शरणका लागि आवेदन दिएको देखाएको छ, जुन […]

निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा […]