पुर्व मुख्यमन्त्री राउतको साथ पनि काम लागेन: पर्सा–१ मा रामनरेश यादवको जमानत जफत

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादवको जमानत जफत हुने भएको छ। निर्वाचन कार्यालय पर्साका अनुसार यादवले प्राप्त गरेको मत कुल खसेको मतको १० प्रतिशतभन्दा कम भएकाले उनको जमानत जफत हुने अवस्था बनेको हो। निर्वाचनमा रास्वपाका हरि पन्तले कुल २७ हजार […]
पर्सा–४ मा टेकबहादुर शाक्य भारी मतका साथ विजयी

पोखरिया, २३ फागुन । पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँँ मन्सुरीले १२ हजार १ सय ४५ […]
‘बाल विवाह मुक्त भारत’ अभियान

वीरगंज, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको पूर्वी चम्पारण जिल्लामा ‘१०० दिवसीय बाल विवाह मुक्त भारत’ अभियान आयोजना गरिएको छ । हरैया गाउँँमा काली सेना भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीको उपस्थितिमा तथा प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। बाल विवाह विरूद्ध जनचेतना […]
रक्सौल–नेपाल सीमामा बालिका उद्धार, दुईजना पक्राउ

वीरगंज, २३ फागुन । भारतबाट नेपाल लैजान लागिएको अवस्थामा मानव तस्करी नियन्त्रणका लागि खटिएको एसएसबी ४७औं वाहिनी र विभिन्न गैरसरकारी संस्थाको संयुक्त सतर्कताका कारण एक नाबालिग बालिकाको उद्धार गरिएको छ। भारतको रक्सौलस्थित मैत्री पुल नजिकै दुईजना संदिग्ध व्यक्तिसहित बालिकालाई नियन्त्रणमा लिएको हो। गोलु र सोनु बताउँदै बालिकालाई आफ्नी बहिनी भएको र नेपालमा आफन्तको घर जाँदै गरेको […]
पर्सा–१ र २ मा रास्वपाका विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान

वीरगंज २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । पर्सा क्षेत्र नम्बर १ बाट हरि पन्त र क्षेत्र नम्बर २ बाट शुशील कुमार कानु भारी मतान्तरले विजयी भएपछि उनीहरूलाई आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो । निर्वाचन […]
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी, २२ फागुनः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना५ख ९००६ नम्बरको ट्रकले ना२८प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा करिब ३५ वर्षीय युवकको मृत्यु भएको जानकारी दिनुभयो […]
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेको अग्रता

काठमाडौं, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले अग्रता हासिल गरेकी छिन्। प्राप्त विवरण अनुसार न्यौपानेले १५,४५५ मत प्राप्त गरेकी छिन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले पछ्याइरहेका छन्, जसले ६,३६४ मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३,१७२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले) […]
झापा निर्वाचन क्षेत्र नं. ५: बालेन्द्र शाहको अग्रता, केपी ओली पछाडि

झापा, २२ फागुन २०८२ — झापा निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणामले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ। सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले भारी मतान्तरसहित आफ्नो अग्रता कायम गर्नुभएको छ। घण्टी चुनाव चिन्ह भएका शाहले हालसम्म १४७६ मत प्राप्त गर्दै अग्रस्थानमा रहनुभएको छ। […]
करिब साठी प्रतिशत मत खस्योः आयोग

काठमाडौँ, २१ फागुनः निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताउनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण […]
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

गोमा, २१ फागुन : पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठूलो दुर्घटनामा कम्तीमा २०० जनाको मृत्यु भएको कङ्गोका अधिकारीहरूले बताएका छन् । तर सो क्षेत्र नियन्त्रणमा राखेको विद्रोही समूहले मृत्यु सङ्ख्या निकै कम भएको दाबी गर्दै सरकारी विवरणमाथि विवाद जनाएको छ । कङ्गोको खानी मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मङ्गलबार एम२३ विद्रोही […]