विद्यालयस्तरीय फुटबल प्रतियोगिताः बडनिहार विजयी

वीरगंज, ६ असोज । नेपाल फुटबल संघ, पर्साले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा भूपू सैनिक स्कुल बडनिहार विजयी भएको छ । बिकन मावि वीरगंजलाई २ गोल गर्दै बडनिहारले विजय हासिल गरेको हो । सोमवार आदर्शनगर रंगशालामा भएको प्रतियोगितामा उपविजेता बिकन माविले प्रशंसा बटुलेको छ । प्रतियोगितामा वीरगंजका ११ वटा विद्यालयहरू डी.पी.एस, गौतम, बिकन, कावेरी, मूनलाइट, […]
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

काठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । अन्तरिक्ष प्रविधि, […]
देशमै उत्पादित सामाग्रीको प्रयोग गर्न उद्योगमन्त्री सिन्हाद्वारा निर्देशन

काठमाडौँ, ६ असोजः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा उहाँले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको […]
नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम, ६ असोजः नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो । भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ […]
बाराबाट २३६ किलो गाँजासहित चालक पक्राउ

वीरगंज, ६ असोज । २३६ किलो ७५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमवार बा २ ख ९५६९ नं. को मिनी ट्रकमा लोड गरिएको गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० का ३८ वर्षीय रमेश रूम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
पोखरियाबाट १९ किलोभन्दा बढी चरेस बरामद

वीरगंज ६ असोज – पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँबाट प्रहरीले विशेष सुराकीको आधारमा ठूलो परिणाममा अवैध लागुऔषध चरेस बरामद गरेको छ। आज बिहान १:०० बजे तिर सशस्त्र प्रहरी बल बीओपी प्रसौनी भाठाबाट खटिएको स.प्र.नि. चेतन बाहकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीले बाखा राख्ने फुसको छाप्रोमा खोजी गर्दा १९.१२६ के.जी. चरेस फेला पारेको […]
डा. संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने तयारीमा

काठमाडौं, ६ असोज । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेकी डा.संगीता कौशल मिश्रलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिई मन्त्री बनाउने तयारी भएको छ । सचिवमा बढुवा नभएपछि बिदामा बसेकी मिश्रले अब मन्त्री बन्ने भएपछि पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। उनी यौन तथा प्रजनन स्वास्थ्य र प्रसूति तथा […]
नेशनल मेडिकल कलेजद्वारा प्रहरी उपरीक्षक मिश्रालाई सम्मानसहित विदाई

वीरगञ्ज, ५ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो। कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा […]
चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

काठमाडौँ, ५ असोज: नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हँुदैछ […]
दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

नेपालगञ्ज, ५ असोजः नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का […]