वीरगंज समाज सेवाद्वारा अस्पताल परिसरमा निशुल्क भोजन कार्यक्रम  सम्पन्न

वीरगंज २४ माघ । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार २२औं महिनाको चौथो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिवार सम्पन्न गरेको छ। पछिल्लो २ वर्षदेखि प्रत्येक शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू,यात्री बटुवाहरू लाई घरमा बनाएको जस्तो सफा […]

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २३ माघ : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन ‘हाइअलर्ट’मा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले […]

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा १ हजार थान कपडा वितरण

वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा केहि नया र पुराना गरि करिब १ हजार थान कपड़ा वितरण […]

रास्वपा उम्मेदवार पन्तद्वारा मतदाताहरूसंग भेटघाट

वीरगंज, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले  प्रसौनी बिर्ताका मतदाताहरूसंग भेटघाट गरेका छन । आज वीरगंज–२३ मा घरदैलो कार्यक्रम गर्दै पन्तले त्यहाँका मतदाताहरू सँग भेटघाट गरेका हुन । घरदैलो कार्यक्रमको शुरूवात  स्थानीय  हनुमान मन्दिरमा पूजा–अर्चना गरेर शुरू गरिएको थियो। त्यसपछि कार्यक्रम  वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन […]

गोली प्रहार गरेर अभियुक्तलाई समातियो, पैँसट्ठी तोला सुन बरामद

काठमाडौँ, २२ माघः काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ […]

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौँ, २१ माघ : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ । वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार छ सय ४५ रुपैयाँ […]

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, २१ माघ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने वर्ष ३२ को अनिल कुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । प्रमोद प्रसाद गुप्ताको जाहेरीले बादी नेपाल सरकार, प्रतिवादी जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १९ […]

जुनियर फुटबल प्रतियोगिता शुरू

वीरगंज, २१ माघ । ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता आजदेखि आदर्शनगर रंगशालामा शुरू भएको छ। जीवन ज्योति माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा उदघाटन समारोह सम्पन्न भएको हो। नगरप्रमुख सिंहले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उदघाटन गर्दै शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह […]

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा, २१ माघः वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले कल्याणपुर गनरपालिका–७ का […]

वीरगंज लेडिज सर्कलद्वारा सामूहिक विवाह कार्यक्रम

वीरगंज, २० माघ । वीरगंज लेडिज सर्कल–३ द्वारा ‘आओ एक घर बसाए’ सामूहिक विवाह कार्यक्रम मंगलवार वीरगंजको जैन धर्मशालामा सम्पन्न गरेको छ । ११  जोडीको सामूहिक विवाह भएको सो कार्यक्रमको नेपाल लेडिज सर्कलका केन्द्रिय अध्यक्ष शिवानी अग्रवाल एवं  वीरगंज लेडिज सर्कलका अध्यक्ष नन्दनी अग्रवालले संयुक्त रूपमा दिप प्रज्वलन गरि शुभारम्भ गरेका थिए । सो अवसरमा वीरगंज […]