कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन खुला : जेठ २७ सम्म आवेदन दिन सकिने

वीरगंज – वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले हरेक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो । महानगरपालिकाका […]

वीरगंज मेनरोड क्षेत्रका बासिन्दाद्वारा मैनबत्ती जुलुस प्रदर्शन

वीरगंज, १३ जेठ । वीरगंज मेनरोड क्षेत्रका बासिन्दाहरूले बुधवार साँझ शान्तिपूर्ण मैनबत्ती जुलुस निकालेका छन् । वीरगंजको आदर्शनगर चौकबाट शुरू भएको उक्त जुलुसमा मेनरोड प्रभावित परिवार तथा स्थानीय नागरिकहरूको सहभागीता रहेको थियो। प्रदर्शनकारीहरूले पुनर्वास तथा क्षतिपूर्तिको माग उठाएका छन् । स्थानीयवासीहरूका अनुसार सरकारी निकायले सञ्चालन गरेको हटाउने कार्यका क्रममा उनीहरूको घर तथा संरचनामा क्षति पुगेको […]

सामुदायिक प्रहरी कुम्हालटोल द्वारा सनलाईट स्कुलमा साईबर अपराध सम्बन्धमा जनचेतनामूलक कार्यक्रमको आयोजना

लालबाबु सिंह १३ जेष्ठ वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले सनलाईट स्कुलमा साईबर अपराध सम्बन्धमा जनचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रहरी सामुदायिक साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा सामुदायिक प्रहरी कुम्हालटोलले बिरगंज १९ नगवामा स्थित सनलाईट स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई साईबर अपराध सम्बन्धी सचेत गराउदै कार्यक्रम सम्पन्न गरेको हो । सामुदायिक प्रहरी […]

अदालतबाट म्याद जारी भएपछि मेयर राजेशमान सिंह स्वेच्छाले पर्सा जिल्ला अदालतमा उपस्थित

वीरगञ्ज – सञ्चारमाध्यममा आफ्नो नाममा अदालतबाट म्याद जारी भएको खबर सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार बिहान स्वेच्छाले पर्सा जिल्ला अदालत पुगेका छन्। बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ उनी अदालत परिसरमा पुगेका थिए। अदालत पुगेर सिंहले न्यायिक प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर अदालतमा मुद्दाको चाप बढी रहेका […]

भारतद्वारा नेपाललाई १० वटा कैदी वाहन हस्तान्तरण, सुरक्षा क्षमतामा सहयोग पुग्ने

वीरगञ्ज – भारत सरकारले नेपाल सरकारलाई १० वटा कैदी वाहन हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासमा आयोजित एक समारोहमा भारतका महावाणिज्यदूत श्री देवी सहाई मीणाले पर्साका प्रमुख जिल्ला अधिकारी श्री भोला दाहाललाई प्रतीकात्मक रूपमा सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन्। महावाणिज्य दूतावासका अनुसार यी वाहनहरूले नेपालका सुरक्षा निकाय र कानुन कार्यान्वयन निकायहरूको क्षमता अभिवृद्धि […]

श्राद्ध कार्यका लागि खाद्यान्न सामग्री तथा लत्ताकपडा सहयोग

पर्सा, ११ जेठ – पर्साको जिराभवानी गाउँपालिका वडा नं. ४ सुपौली निवासी जोगीन्दर महराकी छोरीको निधनपछि हुन लागेको श्राद्ध कार्यका लागि विभिन्न खाद्यान्न सामग्री तथा लत्ताकपडाको सहयोग गरिएको छ। समाजसेवी तथा नेता बृजेश्वर प्रसाद चौधरीको तर्फबाट पीडित परिवारलाई राहतस्वरूप खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराइएको हो। सहयोगस्वरूप १ बोरा चामल, २ बोरा चिउरा, १ बोरा […]

कुम्हालटोल प्रिमियर लिग आदर्शनगर रंगशालामा शुरु

वीरगंज, ९ जेठ । कुम्हालटोल प्रिमियर लिग शनिवार आदर्शनगर रंगशालामा शुरु भएको छ । उदघाटन खेल रोको गोल्ड्स विरूद्ध कुम्हालटोल वारियर्सबीच सम्पन्न भएको थियो। टस जितेर रोको रोयल्सले फिल्डिङ रोजेपछि कुम्हालटोल वारियर्सले पहिले ब्याटिङ गर्दै १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको रोको रोयल्सले लक्ष्य पूरा गर्न नसक्दा कुम्हाल टोल वारियर्स विजयी बनेको […]

रक्सौल सीमा नाकामा अवैध मनी एक्सचेन्जमाथि प्रहरीको कारबाही, ३० लाखभन्दा बढीको नोटसहित २ जना पक्राउ

रक्सौल – भारत-नेपाल सीमा नाकामा अवैध हवाला र मनी एक्सचेन्जविरुद्ध पटना एसटीएफ रक्सौल प्रहरीले ठूलो कारबाही गरेको छ। गोप्य सूचनाको आधारमा सब्जी बजार क्षेत्रमा छापा मार्दा प्रहरीले १७ लाख ८७ हजार १० रुपैयाँ नेपाली र १ लाख ३४ हजार १५० रुपैयाँ भारतीय नगद बरामद गरेको छ। घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार यो […]

वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण

वीरगन्ज । वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा प्रत्येक महिना झै शुक्रबार नियमित मासिक नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ६ बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना […]

रक्सौल सीमा क्षेत्रमा एसटीएफ र प्रहरीको ठूलो कारबाही — रु १७.८ लाख नेपाली र १,३४,१५० भारतीय रुपैयाँसहित दुई जना पक्राउ

रक्सौल। भारत–नेपाल सीमामा रहेको रक्सौल बोर्डर पछिल्लो समय अवैध मनी एक्सचेन्ज र हवाला कारोबारविरुद्ध चलिरहेको ठूलो अभियानको केन्द्र बनेको छ। गोप्य सूचनाका आधारमा पटना एसटीएफ र रक्सौल थाना प्रहरीको संयुक्त टोलीले सब्जी बजार क्षेत्रमा छापा मारेर अवैध रूपमा नेपाली र भारतीय मुद्रा साटासाट गर्ने ठूलो गिरोहको पर्दाफास गरेको छ। यस छापामार कारबाहीमा प्रहरीले ठूलो परिमाणमा […]