हरियाली प्रवद्र्धनको लागि प्रतिष्ठानद्वारा वृक्षारोपण

वीरगंज, २७ असार।शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, वीरगंजले शनिवार वीरगंज महानगरपालिका–१६ स्थित नगवा माईधिया पोखरी परिसरमा रहेको बाबा गनिनाथ गोबिन्दजी मन्दिरको प्राङ्गणमा वृक्षारोपण गरेको छ।वृक्षारोपण गरौं–वातावरण संरक्षण गरौं, हाम्रो वीरगंज–हरियाली वीरगंज भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरूवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने सन्देश दिइएको थियो। कार्यक्रम प्रतिष्ठानकी […]
घण्टाघरमा नि:शुल्क कपडा वितरण

वीरगन्ज । वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा प्रत्येक महिना झै शुक्रबार नियमित मासिक नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ६ बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघर अगाडि स्व […]
थारु पत्रकार संघ पर्सा को अध्यक्षमा पुनम चौधरी र सचिवमा अर्जुन चौधरी चयन

लालबाबु सिंह १३ असार बिरगंज । थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिरगंज ५ स्तिथ थारु छात्रावासको सभाहलमा शनिबार भएको अधिवेशनले पुनम चौधरीको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ ।नयाँ कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सचिवमा अर्जुन चौधरी,सहसचिवमा अजय पञ्जियार, कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।कार्यक्रम का […]
भारतबाट नेपाल छिर्दै गरेका २ उज्बेकिस्तानी महिला एसएसबीको नियन्त्रणमा

मोतिहारी/हरैया – भारतबाट नेपाल प्रवेश गर्ने क्रममा अवैध रूपमा बस्दै आएका २ जना उज्बेकिस्तानी महिला नागरिकलाई भारतको सीमा सुरक्षा बल SSB ले पक्राउ गरी हरैया थानालाई बुझाएको छ। पक्राउ पर्नेमा ३२ वर्षीया मखफूजा देखकोनोवा र ३५ वर्षीया मफतुना किलिचेवा रहेकी छन्। पुलिसका अनुसार मखफूजा उज्बेकिस्तानको फरगना राज्य, क्यूकोन जिल्ला, फेजगाना गाउँ निवासी मखमदजोनकी छोरी हुन्। […]
वीरगंजमा रोजगार मेला असार २१ गतेदेखि हुने

लालबाबु सिंहवीरगंज १२ असार ।नेपाल उद्योग वाणिज्य महासंघ, नेउवा महासंघ मधेश प्रदेश र वीरगंज उद्योग वाणिज्य संघले संयुक्त रूपमा वीरगंजमा रोजगार मेला २०८३ र आयोजना गर्ने भएको छ।मधेश प्रदेशमा गरिएको श्रम बजार विश्लेषणको तथ्यांकको आधारमा आयोजना गर्न लागिएको मेलाको लक्ष्य बजारको वास्तविक सीप माग अर्थात रोजगारदाता र रोजगार खोज्ने युवाबीचको खाडल पुर्ने उद्देश्यको साथ आयोजना […]
सशस्त्र प्रहरीद्वारा अवैध सामान नियन्त्रणमा तीव्रता

वीरगंज, ११ असार।सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर पर्साले १७ लाख ८५,१७०।– बराबरको अवैध सामानसहित एकजनालाई पक्राउ गरी वीरगंज भंसार कार्यालयमा दाखिला गरेको छ। बिहीवार वीरगंज म.न.पा.१ छपकैया सीमा इलाकामा बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलीलाई देखि भारतबाट अवैध रूपमा भन्सार छली मधेश प्रदेश ०३ – ००१ ह. १९६९ नम्बरको ई–रिक्शामा राखी नेपाल ल्याउँदै गरेको […]
१५८ किलो गाँजा ठोरीबाट बरामद

वीरगंज, ११ असार ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साले कर्डन एन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको जनाएको छ ।असार ११ गते जिल्ला पर्सा ठोरी गा.पा.–४ मिलचौक स्थित रहेको गम्भीर श्रेष्ठको जस्ताले छाएको पक्की घरबाट १५८ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरी बल, नेपाल […]
मेयर निलम्बनपछि वीरगंज अस्तव्यस्तः सरसफाइ अभियानमा ब्रेक, नगरवासी चिन्तित

वीरगंज, ११ असार । मेयर राजेशमान सिंह निलम्बनमा परेपछि वीरगंज महानगरपालिकाको दैनिक व्यवस्थापन र विकास गतिविधिमा ठूलो प्रभाव देखिन थालेको छ। उनको सक्रिय नेतृत्वमा सफा र व्यवस्थित देखिने वीरगंज बजार अहिले सरसफाइ र सुशासन दुवैमा खुकुलो बनेको स्थानीयको गुनासो छ। वीरगंज–११,श्रीपुर निवासी तुलसी महतो धानुकसँग मधेश टिभीले कुरा गर्दा उनले मेयर सिंहको कार्यशैलीको प्रशंसा गरे। […]
पौडेललाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ,९ असारः विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत […]
BPS College द्वारा बिरगंज कपडा बैंकलाई माईक एवं कपडा सहयोग

लालबाबु सिंह ९ असार बिरगंज । BPS College ले बिरगंज कपडा बैंकलाई माइक र कपडा सहयोग गरेको छ । बिरगंज ९ गोश्वारारोड रानिघाट स्थित BPS + College मा एक कार्यक्रम गरि ” तपाईं संग बढी छ भने हामिलाइ दिनुस र तपाईलाई आवश्यकता र कमि छ भने हामी संग निशुल्क लिएर जानुस ” भनी सेवारत बिरगंज […]