प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा ट्राफिक प्रमुख कटुवाललाइ गर्यो सम्मानित

लालबाबु सिंह २९ जेष्ठ बिरगंज । प्रकृति सेवा प्रतिष्ठान नेपालले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाललाई बिरगंज ९ स्थित गेटवे होटलको सभाहलमा सम्मानित गरेको छ । वातावरण दिवस २०८३ को अवसरमा प्रतिष्ठानले आयोजना गरेको साताव्यापी कार्यक्रमहरुमा प्रत्यक्ष सहभागिता जनाउदै सराहनिय भुमिका खेलेका प्रनी कटुवाललाइ प्रतिष्ठानका सल्लाहकार समाजसेवी भगवान श्रेष्ठले दोसल्ला ओढाएका थिए भने अध्यक्ष वातावरणविद जसपाल सिंहले प्रसंशा पत्र प्रदान गरि सम्मानित गरिएको सहसचिव झाले बताउनु भयो ।
प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले वातावरण दिवस २०८३ को अवसरमा आयोजित सप्ताहव्यापी सरसफाइ,जनचेतनामूलक साइकल रैली र वृक्षारोपण कार्यक्रममा सकृयताको साथ सुरक्षित ब्यवस्थित एवं सफल बनाई अमुल्य योगदान दिनु भएका प्रनी कटुवाललाई सम्मानित गर्न पाउँदा आफू निकै हर्षित भएको बताउदै उहाले ट्राफिक ब्यवस्थापनको साथै सरसफाइ वृक्षारोपण वातावरण प्रती विभिन्न कार्यक्रममा देखाउनु भएको सक्रिय योगदानले हामि बिरगंजवासी र वातावरणप्रेमी लाई थप हौसला प्रदान भएकोमा आभार व्यक्त गर्नुका साथै उहाको कार्यकाल बिरगंजको लागि थप सफलता प्राप्ती एवं सफल सुख्द जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा प्रनी कटुवालले आफुले मात्र बिरगंज पर्सावासी र वातावरणको सेवा मात्र गरेको र यो हामी सबैको काम कर्तव्य हो र हुनुपर्छ भन्दै वातावरण स्वस्थ्य रहे हामी स्वस्थ्य रहनेछौ नारालाइ आत्मसात गरि वर्षौ देखि वातावरण दिवसमा मात्र नभै वर्षभरिनै निरन्तर बिभिन्न कार्यक्रमहरुको माध्यमले सेवा सहयोग गर्दे आएको प्रतिष्ठान संग थोरै हातेमालो गर्न पाउँदा आफू निकै गर्विलो महसुस गरेको र आफुलाइ सम्मानित गरेर मेरो काम प्रती थप हौसला प्रदान गरेकोमा प्रतिष्ठान परिवार प्रती हार्दिक आभार व्यक्त गरेका थिए ।
अध्यक्ष सिंहको अगुवाइमा संक्षिप्त रुपमा आयोजित सो कार्यक्रममा प्रनी कटुवाल,समाजसेवी भगवान श्रेष्ठ , नेहा श्रेष्ठ , सन्चारकर्मी आकाश पटेल लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सदस्य सन्चारकर्मी लालबाबु सिंहले गरेका थिए ।

सम्बन्धित पोस्टहरुः