वीरगंज । सरकारी सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ, पर्सा शाखाले शुक्रवार एक घण्टा धर्ना कार्यक्रम गरेको छ ।
बिहान ११ बजे देखि १२ बजे १ घण्टासम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको हो ।
नेपाल पत्रकार महासंघ पर्साका सभापति ओमप्रकाश खनाल लगायत सहभागीहरुले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारमाध्यमको संवैधानिक अधिकारको संरक्षणका लागि सरकारको विभेदकारी नीति तत्काल फिर्ता लिनुपर्ने माग गर्दै नभए थप कडा आन्दोलनको कार्यक्रमहरू ल्याउने चेतावनी दिएका थिए।
नेपाल पत्रकार महासंघ पर्साले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणका लागि आफ्नो आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै सरकारलाई प्रेस स्वतन्त्रता एवं संविधान प्रती सम्मान प्रकट गर्न बेलैमा चेतन चेतायेको थियो ।








