वीरगंज, २९ जेष्ठ ।
स्वस्थ्य शरीर, शान्त मन र सकारात्मक जीवनको लागि योगको नारासहित लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीले नवदिप एकेडेमीमा एक दिने योग शिविर सम्पन्न गरेको छ ।
कक्षा १ देखि १० सम्ममा अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा योग व्यायाम गराइएको थियो ।
सेन्ट्रल सिटीका अध्यक्ष एवं नवदिप एकेडेमीका सञ्चालक संस्थापक प्रधानाध्यापक सुशिला साहको अध्यक्षता एवं लायन्स क्लब इन्टरनेशनल ३२५ एस का डिस्ट्रीक गभर्नर डिजी लायन राम बिहारी पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा योग प्रशिक्षक लालबहादुर महतो कोईरी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा रुरुप्रमुख अतिथि डिजी लायन राम बिहारी पाण्डेले योग गरौ निरोग रहौ नारा मात्र होईन यो हाम्रो शरिरलाई स्वस्थ्य राख्ने गर्ने भएकोले आज योगलाइ विज्ञानको साथै विश्वले नै अंगिकार गरेको छ र आउने २१ जुन लाई विश्व योग दिवस मनाउने गर्दछन । योगले वृद्ध,युवा, महिला, बालबालिकाको शारीरिक,मानसिक स्वास्थ्य र सुरक्षा आजको समाजको महŒवपूर्ण विषय भएको बताउँदै विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै नवदिप एकेडेमीका सनचालक साह र प्रशिक्षक कोईरी प्रती आभार प्रकट गरेका थिए ।
सो अवसरमा अध्यक्ष साहले बालबालिकालाई आत्मविश्वासी, सचेत र सुरक्षित बनाउन हाम्रो प्रयास विभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम मार्पmत स्वस्थ्य एक सचेत बनाउने गत्दछौ त्यही क्रममा आज स्कुल परिसरमा योग शिविरको आयोजना गरिएको बयाउदै योगले हामी निरोग रहनुका साथै मानसिक रूपमा स्वथ्य पारी बलियो बनाउने भएकोले हामी सबैले प्रत्येक दिन योग गर्नमा जोड दिदै सहभागी सम्पुर्णलाई हार्दिक आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले योगले शारीरिक,मानसिक स्वास्थ्यलाई बलियो बनाइ एक स्वस्थ्य, असल नागरिक बनाउन महत्त्वपूर्ण भुमिका खेलिरहेको र योगलाइ विद्यालय तहबाटै जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए। बालबालिकामा मानसिक रूपमा स्वस्थ, आत्मबलयुक्त र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ थियो।
सो कार्यक्रममा योग प्रशिक्षक महतोले क्रममा बालबालिकालाई योग गर्दा हाम्रो शारीरिक,मानसिक स्वास्थ्यको महŒव, सकारात्मक सोच, आत्मसम्मान, भावनात्मक सन्तुलन तथा दैनिक जीवनमा अपनाउनुपर्ने व्यवहारिक पक्षवारे विभिन्न योग आसनको प्रयोगात्मक एवं वाचन द्वारा जानकारी गराएका थिए । उहाले हाम्रो हत्केलामा ७२ करोड ७२ लाख १० हजार भन्दा बढी तन्तुहरू भएकोले हामिले समय समयमा ताली पिटन आग्रह पनि गरे
लायन्स क्लब अफ सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साहले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव पत्रकार कविता खड्काले गरेकी थिइन।








