चर्चित खेलाडी एवं गायक अशोक प्रधान सम्मानित

बिरगंज । देशको प्रवेशद्वार एवं औधोगिक नगरी बिरगंज को मात्र नभै देश विदेश मै चर्चित फुटबल खेलाडि एवं लोकप्रिय गायक अशोक प्रधान ” रिलिफ सोसाइटी अफ कमर्स पुरुस्कार २०८३” ले सम्मानित हुनुभएको छ । उहाको बिरगंज र देश को खेल एवं संगीत प्रतिको सुयोगदान सम्बर्द्धन प्रवर्द्धनको लागि यो पुरस्कार प्रदान गरिएको समाजसेवी लाठले बताए ।
रिलिफ सोसाइटी अफ कमर्सको ३५औं स्थापना दिवस र बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने पुरुस्कार कारणवश आइतबार को दिन आदरणीय प्रधानलाई रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ,गणेश लाठ ,नारायण रुङ्टा, निरज अग्रवालको उपस्थितिमा सोसाइटीको कार्यालय बिरगंजमा सम्मान गरेको हो ।
सो अवसरमा खेलाडी एवं गायक प्रधानले रिलिफ सोसाइटिले समाजमा दिनदुखी असहायको साथै पछि परेका महिला,समुदायहरुको सेवा सहयोग गर्दै समाजमा सुयोगदान गरेका विभिन्न क्षेत्रका गुणि ब्यक्तित्वहरुको सम्मान गर्दै हौसला थपेको देख्दा आफू निकै हर्षित एवं गर्व हुने गरेको बताउदै रिलिफ सोसाइटी परिवारलाइ मुरि मुरि धन्यवाद ब्यक्त गरेका थिए ।

सम्बन्धित पोस्टहरुः