प्रभु हस्पिटलको “घरदैलोमा डाक्टर” शिविर: २०० जनाको निःशुल्क स्वास्थ्य जाँच

वीरगञ्ज – “घरदैलोमा डाक्टर” कार्यक्रम अन्तर्गत प्रभु हस्पिटल वीरगञ्जले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। अस्पताल पुग्न समय र सुविधा नहुने बिरामीलाई गाउँमै पुगेर सेवा दिने उद्देश्यले सञ्चालित शिविरमा २०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नी सम्बन्धी चेकजाँच र नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श दिएका थिए। साथै निःशुल्क औषधि वितरण र सुगर चेकजाँच पनि गरिएको थियो।

वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा आँखा विशेषज्ञ महेश सिंह धामीले निःशुल्क आँखा जाँच र औषधि वितरण गरेका थिए। आँखा जाँचको क्रममा मोतियाबिन्दु फेला परेका बिरामीको आजै शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

शिविरमा १० महिला, ९० पुरुष गरी वृद्ध, बालबालिका, अशक्त र असहायसमेत गरी जम्मा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम प्रमुख दिलिप राज कार्कीले जानकारी दिए। उनले अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई घरदैलोमै पुगेर उपचार सेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए।

सम्बन्धित पोस्टहरुः