पर्सा प्रहरीमा विदाई र पदोन्नति कार्यक्रम: एसपी पाठकद्वारा दर्ज्यानी चिन्ह सुशोभन

वीरगञ्ज, पर्सा – जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार भावुक र सम्मानजनक कार्यक्रम आयोजना गरियो। मिति २०८३/०२/२० गतेदेखि अनिवार्य अवकास भई सेवा निवृत्त हुनुभएका प्रहरी नायब निरीक्षक नागिन्द्र पाण्डेलाई विदाई गरिएको छ भने इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी नायब निरीक्षक राजहरण प्रसाद यादवको एक तह पदोन्नति भएकोमा दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले दुवै अधिकृतलाई दर्ज्यानी चिन्ह लगाइदिएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्नुभयो। उहाँले संगठनमा इमान्दार, लगनशील र कर्तव्यनिष्ठ भई दायित्व निर्वाह गरी पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै अवकासप्राप्त प्रना.नि. पाण्डेको सुखमय जीवनको कामना गर्नुभयो।

एसपी पाठकले भन्नुभयो, “नेपाल प्रहरीमा रहेर समाजको सेवा गर्नु गर्वको कुरा हो। निवृत्त जीवन पनि प्रहरी पनलाई आत्मसात गरेर समाजसेवामा लाग्न आग्रह गर्दछु। पदोन्नति भएका यादवज्यूलाई पनि नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना।”

कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्मको उपस्थिति रहेको थियो। सहकर्मीहरूले अवकासप्राप्त पाण्डेलाई माला र खादा लगाएर विदाई गर्दा भावुक वातावरण बनेको थियो।

सेवा निवृत्त प्रना.नि. नागिन्द्र पाण्डेले आफ्नो सम्पूर्ण सेवाकालमा पाएको माया, सहयोग र विश्वासका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। “प्रहरी संगठन मेरो मन्दिर हो। यहाँबाट सिकेका अनुशासन र कर्तव्यनिष्ठता जीवनभर काम लाग्छ,” उहाँले भन्नुभयो।

पदोन्नति भएका प्रना.नि. राजहरण प्रसाद यादवले नयाँ जिम्मेवारी इमान्दारिता र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरुः