‘ब्रह्मर्षि साहेब बाबा महामहोत्सव’ आगामी जेठ २२ गते, वीरगन्जका मेयर सिंहको पनि सहभागिता

सिसवन, सिवान, ९ वैशाख २०८३ – बिहारको सिवान जिल्लास्थित सिसवनको सरयू तट, ग्यासपुरमा रहेको ब्रह्मर्षि साहेब बाबा धाममा आगामी ५ जुन २०२६ अर्थात् २२ जेठ २०८३ गते ‘ब्रह्मर्षि साहेब बाबा महामहोत्सव’ आयोजना हुने भएको छ।

आयोजक समितिले सार्वजनिक गरेको निमन्त्रणापत्र अनुसार महामहोत्सवमा गुरुदेव भगवान चरणार्चन, सन्त भगवान चरणार्चन, गंगा आरती र भजन सन्ध्या जस्ता धार्मिक कार्यक्रमहरू समावेश गरिएका छन्। गंगा आरती साँझ ७:३० बजे र भजन सन्ध्या राति ८:०० बजेदेखि सुरु हुने जनाइएको छ।

विशिष्ट अतिथि
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख श्री राजेश मान सिंह र श्री श्री श्री १००८ महामण्डलेश्वर श्री देवेन्द्र दास जी महाराज ‘पूज्य सरकार जी’ को विशेष उपस्थिति रहने छ।

महामण्डलेश्वर देवेन्द्र दास जी महाराजले ‘वन्दे गुरु परम्पराम्’ मूल नाराका साथ आयोजना हुन लागेको महामहोत्सवले सनातन धर्म, संस्कृति र गुरु परम्पराको प्रचारप्रसारमा टेवा पुग्ने बताए।

सम्पर्क र स्थान
ब्रह्मर्षि साहेब बाबा धाम, सरयू तट, ग्यासपुर, सिसवन, सिवान, बिहार–८४१२१० मा आयोजना हुने महामहोत्सवबारे थप जानकारीका लागि ९७०००००१२१ र ९४००००००८२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। कार्यक्रमको जानकारी युट्युब, फेसबुक, इन्स्टाग्राम र एक्समा ‘Saheb Baba Dham’ पेजबाट पनि लिन सकिनेछ।

नेपाल-भारत सीमावर्ती क्षेत्रका श्रद्धालु भक्तजनलाई महामहोत्सवमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

सम्बन्धित पोस्टहरुः