वीरगन्ज–१० आदर्शनगरमा घरदैलो गर्दै कानुले भने : रास्वपालाई जिताएर नयाँ युग सुरु गरौं

वीरगन्ज,१७फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
आइतबार  वीरगन्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर क्षेत्रमा उनले घरदैलो गरेका हुन्  ।त्यसक्रममा स्थानीय मतदाताहरूले कानुलाई भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए । वीरगन्ज महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष समेत रहेका कानुले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादपनि गरे ।

घरदैलोका क्रममा उनले वीरगन्जको व्यपारिक केन्द्र आदर्शनगरलाई थप व्यवस्थित र सुरक्षित बनाउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए । “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक तवरले  जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन,” उनले भने, “अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ । मधेस प्रदेशमा एक महानगरपालिका भएको र वीरगन्ज देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्र हो, तर यसअघिका निर्वाचित सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण वीरगन्ज सधै पछाडि परेको छ ।”

उनले सडक, पूर्वाधार, व्यापार–व्यवसायको अवस्था जीर्ण रहेको उल्लेख गर्दै निर्वाचित भएपछि संघीय, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाउने बताए । विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राखेर ठुला विकास आयोजना सञ्चालन गर्ने उनको दाबी छ ।

वीरगन्ज–१० का मतदातासंग उनले भने । “पछिल्लो पटक माया गरेर वडाध्यक्ष बनाउनु भयो, यस पटक सांसदमा माया गर्नुस्, रास्वपालाई भोट दिएर नयाँ युग सुरु गरौँ,” ।

neelambads
सम्बन्धित पोस्टहरुः