परसवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न, स्थानीयको उल्लेखनीय सहभागिता

वीरगञ्ज  

।   उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को परसवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेटघाटका क्रममा स्थानीयहरूले विगतका पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा आश्वासन मात्र दिएको तर व्यवहारमा ठोस उपलब्धि नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले चुनाव नजिकिँदा युवाहरूलाई प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितेपछि बेवास्ता गर्ने प्रवृत्तिका नेताहरूलाई यस पटक बहिष्कार गर्ने बताएका थिए। साथै, सक्षम र परिणाममुखी नयाँ उम्मेदवारलाई आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने व्यक्तित्वका रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए।
उम्मेदवार सिंहले स्थानीयवासीका पीडा आफू निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने वाचा गर्नुभयो। उहाँले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिँदै आफू निर्वाचित भएपछि स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रको विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने बताउनुभयो।
कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना दिएका थिए।
neelambads
सम्बन्धित पोस्टहरुः