पर्सामा १०० किलो गाँजा बरामद

३१ जेठ, पर्सा।

पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी बस्नेतले बताए ।

सम्बन्धित पोस्टहरुः