रक्सौल सीमा नाकामा अवैध मनी एक्सचेन्जमाथि प्रहरीको कारबाही, ३० लाखभन्दा बढीको नोटसहित २ जना पक्राउ

रक्सौल – भारत-नेपाल सीमा नाकामा अवैध हवाला र मनी एक्सचेन्जविरुद्ध पटना एसटीएफ रक्सौल प्रहरीले ठूलो कारबाही गरेको छ। गोप्य सूचनाको आधारमा सब्जी बजार क्षेत्रमा छापा मार्दा प्रहरीले १७ लाख ८७ हजार १० रुपैयाँ नेपाली र १ लाख ३४ हजार १५० रुपैयाँ भारतीय नगद बरामद गरेको छ। घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार यो कारबाही चिनी व्यापारी मोहम्मद शाहिदको ठेगानामा गरिएको हो। शाहिद लामो समयदेखि अवैध रूपमा नेपाली मुद्राको सटही कारोबार गर्दै आएको सूचना प्राप्त भएको थियो।

एसटीएफ रक्सौल थाना प्रहरीको संयुक्त टोलीले जाल थापेर छापा मारेको थियो। घटनास्थलबाट जम्मा ३० लाख रुपैयाँभन्दा बढीको नेपाली-भारतीय नोट बरामद भएको छ। बरामदगीसँगै दुई संदिग्ध कारोबारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ।

कारबाहीको नेतृत्व आईपीएस हेमन्त सिंहले गरेका थिए। सीमा क्षेत्रमा अवैध मनी एक्सचेन्ज र हवाला कारोबारमाथि निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः