फेटा-१ त्रिवेणीमा नेपाल धानुक समाज बाराको वडा स्तरीय कमिटी गठनबारे छलफल

फेटा, बारा, १० वैशाख २०८३– फेटा गाउँपालिका वडा नं १ त्रिवेणीमा बिहीबार नेपाल धानुक समाज बाराको वडा स्तरीय कमिटी चयन सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ।

समाजका अगुवा तथा स्थानीय धानुक समुदायका व्यक्तिहरूको उपस्थितिमा भएको छलफलले वडास्तरमा संगठित भएर हकहित र सामाजिक विकासका काम अघि बढाउने निर्णय गरेको छ।

कार्यक्रममा सहभागीहरूले धानुक समुदायको शैक्षिक, आर्थिक र सामाजिक उत्थानका लागि वडास्तरीय कमिटी आवश्यक रहेको बताए। छिट्टै भेला बोलाएर सर्वसम्मत रूपमा कमिटी गठन गर्ने सहमति पनि भएको छ।

“समाजलाई संगठित नगरेसम्म हाम्रो आवाज राज्यसम्म पुग्दैन। वडा-वडामा कमिटी बनाएर जिल्ला र केन्द्रीय तहसम्म आवद्ध हुन्छौं,” एक सहभागीले भने।

छलफलमा समाजका जिल्ला प्रतिनिधि, स्थानीय बुद्धिजीवी, युवाहरू तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः