जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका चौरसिया वीरगंजबाट पक्राउ

वीरगंज, १६ माघ । ठगी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
भदौ २३–२४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाण्डौँबाट भागेको जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने वर्ष २३ को प्रविन चौरसियालाई माघ १४ गते वीरगंज महानगरपालिका वडा नं. १५ रामनगर चोकबाट प्रहरीले सूचनाको आधारमा पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
चौरसियामाथि ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र रू. ८७,५००।– जरिवाना पर्सा जिल्ला अदालतले तोकिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी चौरसियालाई वीरगंज कारागार कार्यालय पर्सामा बुझाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।

neelambads
सम्बन्धित पोस्टहरुः