नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम, ६ असोजः नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो । भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ […]
बाराबाट २३६ किलो गाँजासहित चालक पक्राउ

वीरगंज, ६ असोज । २३६ किलो ७५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमवार बा २ ख ९५६९ नं. को मिनी ट्रकमा लोड गरिएको गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० का ३८ वर्षीय रमेश रूम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
पोखरियाबाट १९ किलोभन्दा बढी चरेस बरामद

वीरगंज ६ असोज – पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँबाट प्रहरीले विशेष सुराकीको आधारमा ठूलो परिणाममा अवैध लागुऔषध चरेस बरामद गरेको छ। आज बिहान १:०० बजे तिर सशस्त्र प्रहरी बल बीओपी प्रसौनी भाठाबाट खटिएको स.प्र.नि. चेतन बाहकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीले बाखा राख्ने फुसको छाप्रोमा खोजी गर्दा १९.१२६ के.जी. चरेस फेला पारेको […]
डा. संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने तयारीमा

काठमाडौं, ६ असोज । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेकी डा.संगीता कौशल मिश्रलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिई मन्त्री बनाउने तयारी भएको छ । सचिवमा बढुवा नभएपछि बिदामा बसेकी मिश्रले अब मन्त्री बन्ने भएपछि पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। उनी यौन तथा प्रजनन स्वास्थ्य र प्रसूति तथा […]
नेशनल मेडिकल कलेजद्वारा प्रहरी उपरीक्षक मिश्रालाई सम्मानसहित विदाई

वीरगञ्ज, ५ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो। कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा […]
चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

काठमाडौँ, ५ असोज: नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हँुदैछ […]
दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

नेपालगञ्ज, ५ असोजः नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का […]
तरकारी बोकेको गाडीबाट ३३४ केजी गाँजा बरामद

रौतहट, ५ असोज । तरकारी बोक्ने गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । प्रहरी चौकी रामपुरखापको टोलीले शनिवार राति इशनाथ नगरपालिका –८ मोतिपुर सडकखण्डबाट तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जनाएको छ । मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारत जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको […]
वीरगंजमा घटस्थापनाका दिन १५१ मिटर लामो चुनरी यात्रा

वीरगंज, ६ असोज । नेपालमै पहिलो पटक भव्य चुनरी यात्रा वीरगंजको गहवामाई मन्दिरमा हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको वीरगंजको गहवामाई मन्दिरमा नवरथा मेलाको पहिलो घटस्थापनाका दिन सोमवार १५१ मिटर लामो चुनरी यात्राको तयारी भएको हो । विश्व हिन्दु परिषद् नगर समितिका सचिव दिपेन्द्र कुमार सरार्फले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिंदै सोमवार दिउँसो […]
मरम्मतपछि वीरगंजको घण्टाघर एक दशक दह्रो

वीरगंज, ४ असोज । वीरगंजमा घण्टाघरको मर्मत पुरा भएको छ। नगरको प्रतिष्ठाको प्रतीक मानिने घण्टाघरको केही भाग भत्किएको थियो। सात महिना लगाएर मर्मत सम्भार गरिएको हो। गत फागुन ७ मा घण्टाघरको ‘बाल्कोनी’ कमजोर भएर इँटा झरेको थियो। वीरगंज महानगरपालिकाले मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। महानगरपालिकाको भूमि व्यवस्था तथा शहरी विकास महाशाखा […]