एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, ११ असोजः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत […]
वीरगंज महानगरलाई सूर्या नेपालद्वारा उपकरण सहयोग

वीरगंज ११ असोज । वीरगंज महानगरपालिकालाई कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप, प्रिन्टरसहितका विद्युतीय सामग्री सहयोग गरेको छ। गत भदौ २४ गते आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो। यही अवस्थालाई ध्यानमा […]
अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

काठमाडौँ, ११ असोजः नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ । अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो । श्रीलङ्कामा […]
सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

काठमाडौँ, ११ असोजः सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा […]
दशैको अवसरमा निःशुल्क कपडा वितरण

वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले आफ्नो आम्दानीको ५ प्रतिशत रकम दिनदुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्दा मानवता बलियो हुने […]
दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो: सडक विभाग

काठमाडौँ, १० असोजः सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा […]
आठ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, १० असोज । सशस्त्र प्रहरी बल पर्साले आठ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । असोज ९ गते सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.–४ अमरपट्टी वरगाछी स्थित नेपालबाट भारत जादै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार पर्सागढी न.पा.–९ एकटाङा बस्ने वर्ष २१ को सरोज प्रसाद यादवलाई चेकजाँच गर्ने क्रममा […]
दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

धनुषा, १० असोजः दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल […]
फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा, ९ असोज : यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको […]
भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ९ असोज : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ । सिंहदरबारबाट आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध […]