बिकन स्कुल द्वा साइन्स एक्जिबिसन को आयोजना

बिरगंज । बिकन स्कुलमा आयोजित साइन्स एक्जिबिसन को प्रमुख अतिथी वरिष्ठ चिकित्सक राम प्रसाद यादव द्वारा शनिबार समुदघाटन गरि सुभारम्भ गरिएको छ । बिरगंज ४ भगवतीटोलमा स्थित बिकन स्कुलको प्राङ्गणमा आयोजित सो समारोहको अध्यक्षता बिकन स्कुलका सन्चालक प्रकाश कुमार उपाध्याय,प्रमुख अतिथि चिकित्सक राम प्रसाद यादव , अतिथिहरु बिआइटी कलेज का निर्देशक राघिव हुसैन , नेपाल […]
मधेसी अधिकार र सुशासनको एजेन्डासहित घरदैलोमा रामनरेश यादव

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका का विभिन्न टोलमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव ले घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत कुमार टोल, गणेशमान चोक, अमर चोक लगायतका क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार यादवप्रति उल्लेख्य जनसमर्थन देखिएको छ। घरदैलोका क्रममा […]
रास्वपाको नेतृत्वमा सरकार बने पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने सुशील कानुको प्रतिबद्धता

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिवार वीरगञ्ज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् । घरदैलोका क्रममा उनले मतदातासँग भेट गर्दै कुशासन र भ्रष्टाचार अन्त्य गर्न तथा परिवर्तन ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे […]
हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

वीरगञ्ज, फागुन १६ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा उम्मेदवार पन्तले मतदातासमक्ष आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि जनाए। महेश यादवको सभापतित्वमा सम्पन्न उक्त […]
वीरगञ्ज – ३० मा प्रदीप यादवको भव्य घरदैलो सम्पन्न, राष्ट्रिय अस्मिता जोगाउन सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह

वीरगञ्ज, १६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा तीव्र घरदैलो अभियान जारी राखेका छन् ।घरदैलोअन्तर्गत वीरगञ्ज महानगरपालिका – ३० को लालपर्सा र प्रसोतीपुर क्षेत्रमा शनिवार बिहान घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा सयौँको सहभागितामा स्थानीय मतदाताहरूले यादवलाई फूलमाला […]
प्रदीप यादवले लक्ष्मणवा र भेडीयाही जनता दर्शन कार्यक्रम सम्पन्न गरे

वीरगञ्ज, १५ फागुन । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले आज शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ को लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा सूर्य चुनाव चिन्हका लागि मत माग्दै यादवले आफ्ना चुनावी एजेन्डाहरू स्थानीयवासीलाई सुनाएका थिए । […]
प्रसौनी र सबैठवामा पर्सा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य का उम्मेदवार रामकिशोर सिंहको रात्रि घरदैलो कार्यक्रम सम्पन्न

उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ अन्तर्गत प्रसौनी र सबैठवा गाउँमा रात्रिकालीन घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फूलमाला तथा खादा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा तथा युवाहरूको […]
पर्सामा रोजगारी सृजनादेखि उच्च शिक्षासम्मका योजना सार्वजनिक गर्दै सुशील कानु मैदानमा

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले कृषकहरूका लागि समयमै मल, खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार निर्वाचन क्षेत्रअन्तर्गत बहुदरमाई नगरपालिका – ४ को डकैला बहुआरी टोलमा घरदैलो गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरेका कानुले समयमा मल र खादको अभावमा […]
आचार्य एकेडेमीमा होली मिलन समारोह सम्पन्न

बीरगञ्ज, फागुन १५ । बीरगञ्ज महानगरपालिका–३, प्रगतिनगरस्थित आचार्य एकेडेमीमा मिति २०८२ साल फागुन १५ गते शुक्रबारका दिन हर्षोल्लासका साथ होली मिलन समारो सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रंग अबिर साटासाट गर्दै एक–आपसमा शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन विद्यालय प्रशासनद्वारा गरिएको थियो। […]
आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२ वटा हानिकारक सूचना पत्ता लगाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने […]