नवदुर्गा पूजा समिति निलकण्ठवाद्वारा रक्तदान कार्यक्रम

वीरगज, २ असोज । नवदुर्गा पूजा समिति निलकण्ठवाले आयोजना गरेको कार्यक्रममा दुई महिलासहित ४१ जनाले रक्तदान गरेका छन् । कलावती देवी, रम्भा देवी, सिन्धु कुश्वाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुशवाहालगायतले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाको सहकार्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दया सिन्धु कुशवाहा, प्रहलाद […]
लुटिएका सामान खरिद–बिक्री नगर्न रौतहट प्रहरीको आग्रह

रौतहट, २ असोज । ‘जेनजी युवा आन्दोलन’का क्रममा लुटिएका सामान किनबेच नगर्न जिल्ला प्रहरी कार्यालय, रौतहटले सर्वसाधारणलाई आग्रह गरेको छ। आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, र व्यापारिक प्रतिष्ठानहरूबाट लुटिएका सामान बजारमा बिक्री भइरहेको सूचना पाएपछि बिहीवार सूचना जारी गर्दै जिप्रका रौतहटले लुटिएका सुनचाँदीका गरगहना, ऐतिहासिक दस्तावेज, हातहतियार, र नगदलगायतका सामानहरू […]
वीरगंज महानगरमा रात्रिकालीन कफर्यु हटाइयो

वीरगंज, २ असोज । जिल्ला प्रशासन कार्यालय पर्सा पर्सा जिल्लामा लगाइएको रात्रिकालीन कफर्यु हटाइएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्ष्Fा समितिले लगाएको रात्रिकालीन कफर्यु हटाउने निर्णय गरेको हो । महानगरपालिकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्दै आएको कफर्यु हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा […]
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ, २ असोजः गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले […]
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ, २ असोजः ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट […]
पेरिसको म्युजियमबाट सुनबाट निर्मित बहुमूल्य कला चोरी

पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तुहरू चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ । डायनासोरको कङ्काल र ट्याक्सिडर्मीको लागि प्रसिद्ध, फ्रान्सको राजधानी पेरिसको सुन्दर पाँचाँै जिल्लामा रहेको राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयमा भूविज्ञान र खनिज ग्यालरी पनि रहेका छन् । पेरिसवासी र पर्यटकबीचमा लोकप्रिय सङ्ग्राहलयस्थलमा चोरी […]
बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय

काठमाडाैँ, १ असोजः औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ । […]
एसियाडमा चार सय ३४ खेलाडीको नाम दर्ता

काठमाडौँ, १ असोजः जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरिएको छ । अन्तरराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९ पुरुष खेलाडी २०औँ एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको उल्लेख छ […]
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, १ असोज : जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन् । जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो […]
मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

धनुषा, ३१ भदौ : जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा […]