संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका […]
छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा, ३ असोज : संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पार्नुभएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गर्नुभएको हो । सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी […]
मधेस प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

धनुषा, ३ असोजः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गर्नुभएको छ । सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले राससलाई जानकारी दिनुभयो । मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि […]
सशस्त्र प्रहरीले भन्सार छलीको सामान समात्यो

वीरगंज, ३ असोज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले वीरगंज महानगरपालिका–१६, गण्डक इलाकाबाट ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरेको हो । […]
अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ। बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो। जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको […]
विजया दशमीको अवसरमा नेपाल हाम्रो संसारद्वारा रक्तदान कार्यक्रम

वीरगज, ३ असोज ।हिन्दूहरुको महान पर्व शुभ विजया दशमीको अवसरमा नेपाल हाम्रो संसार नामक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १० जना महिलासहित ४१ जनाले रक्तदान गरेका थिए । नेपाल हाम्रो संसार, श्रीपुर वीरगंजका अध्यक्ष्F विशाल पटेल, उपाध्यक्ष आकाश पटेल, सचिव त्रिनेश गिरी, सहसचिव प्रमेश गिरी, कोषाध्यक्ष सुनील […]
अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

भक्तपुर, २ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सर्नुभएको हो । उहाँको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी […]
भारतमा ‘मस्तिष्क खाने’ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी

दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ । सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताउनुभयो । यस वर्ष नेग्लेरिया फोलेरी अमिबाबाट १९ जनाको मृत्यु र […]
मधेसका मुख्यमन्त्रीविरूद्ध कारबाही सिफारिस

जनकपुर, २ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बिहीवार पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेका छन् । पार्टी तथा संसदीय दलले सिंहलाई पटक–पटक मुख्यमन्त्री पदबाट फिर्ता हुन आग्रह गरे पनि उनले बेवास्ता गरेका कारण मुख्यमन्त्री सिंहमाथि अनुशासनात्मक कारबाही गर्न सिफारिस गरिएको हो । […]
परवानीपुर सबस्टेशनमा आगलागीका कारण विद्युत अवरुद्ध

वीरगज, २ असोज । बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित १३२ केभी सबस्टेशनमा आगलागी भएपछि बुधवार र बिहीवार विद्युत् अवरुद्ध भएको थियो । बुधवार दिउँसो आगलागी भएपछि अवरूद्ध भएको विद्युत आपूर्ति बिहीवार दिउँसोदेखि सञ्चालनमा आएको हो । बुधवार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, […]