सामुदायिक प्रहरी कुम्हालटोल द्वारा कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसनी तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना,प्रनी सुवेदी सम्मानित

वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसनी, ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रहरी सामुदायिक साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता को सहयोगमा सामुदायिक प्रहरी कुम्हालटोलले कार्यक्रम सम्पन्न गरेको हो ।  सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरिको अध्यक्षता एवं वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको […]

जेन्जी सहीद परिवारलाइ भेटेर सपथ लिन हिंडे सांसद पन्त

वीरगंज, २ चैत । पर्सा क्षेत्र नं. . १ बाट नवनिर्वाचित सांसद हरि पन्तले  सपथ ग्रहण गर्न जानू अघि जेन्जी आन्दोलनको सहीद परिवारलाई  भेटेका  छन । आज सपथ ग्रहण गर्न जानुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहीद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसंग  सहीदको घरमै गएर भेट गरेका हुन । भेटको […]

लामखुट्टे नियन्त्रणका लागि मंगलबारदेखि एयर स्प्रे

वीरगंज, २ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण रोक्न महानगरपालिकाले विभिन्न विधिबाट विषादी छर्ने काम अघि बढाएको हो । महानगरपालिकाले निर्वाचन अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । अब मंगलबारदेखि भने एयर […]

बहाल कर संकलन व्यवस्थित बनाउन सरोकारवालासँग छलफल

वीरगंज, २ चैत । वीरगंज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा प्यान नम्बर स्थानीय तहबाटै जारी गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ । महानगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा बहाल कर संकलनलाई प्रभावकारी बनाउने र कर प्रशासनलाई व्यवस्थित गर्ने विषयमा छलफल गरिएको हो । बैठकमा महानगरप्रमुख सिंहले बहाल कर संकलन गर्ने […]

सामुदायिक कुम्हालटोलद्वारा नवनिर्वाचित सांसद पन्त सम्मानित

 वीरगंज, १ चैत । सामुदायिक प्रहरी कुम्हालटोलले पर्सा क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तको सम्मान गरेको छ । कार्यक्रममा सामुदायिक प्रहरी को साथै विभिन्न संघ संस्था द्वारा सान्सद पन्तलाई अबिर टीका ,खादा माला लगाउनुको साथै मायाको चिनो दिएर बधाई शुभकामना एवं विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रदान गरेका थिए ।  सो अवसरमा प्रमुख अतिथी […]

प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुर्ई जना पक्राउ

वीरगंज, १ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं १४ गण्डक चोकमा सवारी साधन जाँच गर्ने क्रममा फागुन ३० गते १२ः१५ बजेको समयमा वीरगंज बसपार्कबाट काठमाडौंतर्पm जाँदै गरेको ना १ ज २७६५ नम्बरको रातो रङको टाटा […]

विश्व सिख वातावरण दिवसको अवसरमा वृक्षारोपण

वीरगंज, ३० फागुन । विश्व सिख वातावरण दिवसको अवसरमा त्रिजुद्ध विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रम श्री गुरूनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो। कार्यक्रमका सहभागीहरूले विद्यालय परिसरमा निम, गुलमोहर, जामुन, अमला, कागतीलगायत विभिन्न प्रजातिका १०१ वटा बिरूवा रोपेका थिए। सो अवसरमा वातावरण […]

मारवाडी प्रिमियर लिगमा दुई खेल सम्पन्न

वीरगंज, ३० फागुन । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेल मनास्थलु रैडर र अन्नपूर्ण टाइगरबीच भएको छ। उक्त खेलमा मनास्थलु रैडरले पहिलो ब्याटिङ गर्दै अन्नपूर्ण टाइगरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको अन्नपूर्ण टाइगरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित हासिल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। त्यसैगरी […]

वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा

वीरगंज  ।  वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित उक्त प्लान्ट निर्माण गरिएको हो । महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र […]

जन्ती जाँदै गरेकाे कार दुर्घटना चालककाे मृत्यु, एक जना गम्भीर घाइते

बीरगञ्ज २६ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकन-५ महुवनस्थित गण्डक नहर नजिक साेमबार राति जन्ती जाँदै गरेकाे कार दुर्घटना हुदाँ कारका चालककाे मृत्यु भएको छ।दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्।   बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीकाे घरबाट सखुवा प्रसाैनी गाँउपालिकाकाे एकडरवा गाँउमा जन्ती जाँदै गरेकाे बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति […]