मुजफ्फरपुरको प्रसाद अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिएपछि १० भन्दा बढीको मृत्युको दाबी, २० भन्दा बढीको उद्धार

मुजफ्फरपुर :- जाकिर हुसैन – भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रस्थित प्रसाद हस्पिटलमा सोमबार बिहान भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको दाबी गरिएको छ। अस्पतालको आईसीयू वार्डमा लागेको आगोका कारण पूरै परिसरमा धुवाँ भरिएपछि उपचाररत बिरामीहरू अलपत्र परेका थिए। स्थानीय स्रोतका अनुसार घटनामा १० भन्दा बढी बिरामीको मृत्यु भएको दाबी गरिएको छ […]

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

मुम्बई, १२ फागुन (रासस/एएफपी) :पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ । उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा […]

नेपाल–भारत मितेरीपुलमा संयुक्त रक्तदान शिविर

वीरगंज ०९ फागुन । लायन्स क्लब अफ रक्सौल र लायन्स क्लब  अफ वीरगंजको संयुक्त आयोजनामा भारत–नेपाल मितेरी पुलमा रक्तदान शिविर शनिवार सम्पन्न भएको छ। शिविरमा नेपाल र भारतका गरी ६० जनाले रक्तदान गरेका छन्, जसमा ३५ जना नेपाली र २५ जना भारतीय सहभागी थिए। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले रक्सौल र वीरगंजका लायन्स क्लबहरूले […]

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौँ, ९ फागुन : क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा  संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।         त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज […]

पर्साका प्रजिअ चितवनमा पुगे

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ । पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको हो। गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरमा सीडीओमा शिवलाल तिवारीलाई पठाएको हो । यही भदौं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सिडिओ अर्यालसहित २४ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको थियो […]

सामान्य उपचारपछि साह पुनः हिरासतमा

वीरगंज, १८ भदौं । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन वार्तालाप सम्बन्धी विवादमा पक्राउ परेकी किरण साहको सामान्य उपचारपछि पुनः प्रहरी हिरासतमा राखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भएको र उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको डिएसपी किशोर लम्सालले बताए । गत शनिवार पक्राउ परेकी साहलाई […]

पर्सा र बारामा आँखा शिविर सम्पन्न

वीरगंज, १८ भदौं । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा बुधवार आयोजित निःशुल्क आँखा जाँच शिविरमा ४९५ जनाले सेवा पाएका छन् । वीरगंज सामुदायिक आँखा केन्द्रको सहयोगमा आसमान नेपालले आयोजना गरेको शिविरमा ४९५ जनाको आँखा परीक्षण गरिएको आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले जनाएका छन् । शिविरमा १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको […]

बुधवार ३१ जना हैजाका बिरामी भेटिए

वीरगंज, १८ भदौ । वीरगंजमा बुधवार बिहान १० बजेसम्म थप ३१ जना नयाँ हैजाका बिरामी थपिएका छन् । हालसम्म कूल ९६५ जना हैजाका बिरामी दर्ता भएकोमा ८६५ जना उपचारपछि डिस्चार्ज भइसकेका र करीब १०० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जानकारी गराएको छ । १४ जना बिरामीको आईसियू मा, २ जनाको एचडीयूमा र ८४ जनाको […]

भूमि विधेयकविरूद्ध जसपाद्वारा प्रदर्शन

वीरगंज, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले बुधवार भूमि विधेयकको विरोधमा वीरगंजमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले भूमि विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरेका छन् । यो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दालाई बेवास्ता गरेको आरोप लगाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले […]

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो- गृहमन्त्री लेखक

पर्सा, १६ भदौः गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको […]