झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा, १४ फागुनः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिनुभयो । उहाँले रङ्गशालामा तीन मतदान केन्द्र रहेका बताउँदै भन्नुभयो, “यहाँको मतदान अधिकृतदेखि […]
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर, १४ फागुनः कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको […]
वीरगञ्ज–१९ को बर्वा र बिन्द्वासानी टोलमा घरदैलो गर्दै नेकपा एमालेकी उम्मेदवार रिमा यादव

वीरगञ्ज, १३ फागुन-नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१९ अन्तर्गत बर्वा र बिन्द्वासानी टोलमा घरदैलो अभियान सम्पन्न गरेकी छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध, व्यवस्थित […]
‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम

बलिराम शुक्ला , पर्सागढि ।नेपाल पत्रकार महासंघको आयोजनामा पर्साको वीरगञ्जमा ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ। महासंघका केन्द्रीय उपाध्यक्ष नितु पंडितको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकारहरूले समाचार लेख्दा पूर्ण रूपमा निष्पक्ष हुनुपर्ने र समाजमा सद्भाव बिगार्ने खालका सामग्री सम्प्रेषण गर्न […]
जगरनाथपुरमा पुग्दा एमाले उम्मेदवार प्रदीप यादवलाई गरियो भव्य स्वागत

वीरगन्ज,१३ फागुन ः नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव चुनावी घरदैलोका क्रममा बुधबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा त्यहाँका समर्थक र मतदाताले भव्य स्वागत गरेका छन् । जगरनाथपुरमा एमाले उम्मेदवार यादवलाई समर्थक र मतदाताहरुले अबीरटीका र गम्छा लगाएर स्वागत गर्दै यादवसंगै घरदैलोपनि गरे […]
पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न

वीरगंज, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिरगंज २० पटेलनगरमा कोणसभा सम्पन्न भएको छ । मङलबार साँझ पर्सा क्षेत्र न १ अन्तर्गत पटेलनगर चोकमा स्थानियहरुको उल्लेख्य उपस्थितिमा रास्वपा कोणसभा सम्पन्न भएको हो । कोणसभा लाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एबम क्षेत्र न एकका उम्मेदवार हरि पन्तले अब नेपाली जनता सचेत र जागरुक भै सकेकाले […]
अपौनी र हरपतगन्जमा रामकिशोर सिंह (पराग)को घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज आफ्नै गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर २० को अपौनी र हरपतगन्जमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उत्साहपूर्वक फूलमाला तथा गम्छा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत तथा समर्थन व्यक्त गरेका थिए। गाउँभरि उत्साहजनक सहभागिता […]
रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

चन्द्रपुर (रौतहट), १३ फागुन ः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल […]
खानेपानी,शिक्षा,स्वास्थ्य प्राथमिकतामा अशोक टेमानी

बिरगंज १२ फागुन । अशोक टेमानीले पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा आफ्नो घरदैलो अभियानलाई थप सशक्त बनाउँदै विन्दवासिनी टोलमा मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे विस्तृत जानकारी लिएका हुन्। ग्रामीण भेगमा पर्ने […]
तीन दिन सार्वजनिक बिदा

काठमाडौँ, १२ फागुनः सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा […]