दशैको अवसरमा निःशुल्क कपडा वितरण

वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले आफ्नो आम्दानीको ५ प्रतिशत रकम दिनदुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्दा मानवता बलियो हुने […]

दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो: सडक विभाग

काठमाडौँ, १० असोजः सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा […]

आठ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, १० असोज । सशस्त्र प्रहरी बल पर्साले आठ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । असोज ९ गते सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गा.पा.–४ अमरपट्टी वरगाछी स्थित नेपालबाट भारत जादै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार पर्सागढी न.पा.–९ एकटाङा बस्ने वर्ष २१ को सरोज प्रसाद यादवलाई चेकजाँच गर्ने क्रममा […]

विजया दशमीको अवसरमा नेपाल हाम्रो संसारद्वारा रक्तदान कार्यक्रम

वीरगज, ३ असोज ।हिन्दूहरुको महान पर्व शुभ विजया दशमीको अवसरमा नेपाल हाम्रो संसार नामक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १० जना महिलासहित ४१ जनाले रक्तदान गरेका थिए । नेपाल हाम्रो संसार, श्रीपुर वीरगंजका अध्यक्ष्F विशाल पटेल, उपाध्यक्ष आकाश पटेल, सचिव त्रिनेश गिरी, सहसचिव प्रमेश गिरी, कोषाध्यक्ष सुनील […]