लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौँ, ८ फागुनः देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित […]

आगामी निर्वाचनका लागि बारामा नमूना मतदान सम्पन्न

वीरगंज, ७ फागुन । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा बाराको कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निर्वाचनका दिन अपनाइने प्रक्रियाको प्रयोगात्मक अभ्यास गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित बिहीवार आयोजित नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो ।   निर्वाचनमा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्ने र मतदातालाई मतदानको सही विधिवारे […]

सर्लाहीमा गोली लागेर एक बालक घाइते

मलङ्गवा, ७ फागुनः सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको […]

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

काठमाडौँ, १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । […]

ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बाराको विश्रामपुर गाउँँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगंज महानगरपालिका–२९, मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह […]

९ केजी गाँजासहित तीनजना भारतीय पर्साबाट पक्राउ

वीरगंज, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा कात्तिक २६ गते मध्यान्ह १२ः०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.९ बडेर्वा पेट्रोलपम्प स्थित सडकखण्डबाट प्रहरी चौकी मनवाको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ संकाष्पदरूपमा तीन […]

८ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ । कात्तिक २३ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुकले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको […]

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १७ कात्तिक :नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी […]

वीरगंज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

वीरगंज, १६ कात्तिक । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि पुनः सञ्चालनमा सहजता ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना तथा सामाजिक संगठनहरूले सहयोगका हात अघि बढाएका छन् । कार्यालय जलेर नष्ट भएपछि महानगरका दैनिक प्रशासनिक कार्यमा निकै समस्या […]

सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको उदघाटन

वीरगंज, १५ कात्तिक । वीरगंज महानगरपालिका–२६ सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्र बहादुर अमात्यले गरेका छन् । खेलकुद समाजमा एकता, अनुशासन र सद्भाव फैलाउने माध्यम भएको बताउँदै उहाँले यस्ता प्रतियोगिताले स्थानीय युवा र खेलाडीहरूलाई प्रेरित र उत्साहित बनाउने धारणा व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रमा सरकारको लगानी र सहयोग […]